१९ कार्तिक २०८३, बिहिबार

चिनियाँ राजदूत होंगद्धारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yu-hongकाठमाडौँ, २५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चीन, कतार र स्विट्जरल्यान्डका आवासीय राजदूतहरुले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि चीनका राजदूत यु होङ, कतारका राजदूत युसुफ मोहमद अहमद मोहमद अल हायल र स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

त्यसैगरी, राष्ट्रपतिसमक्ष नेपालका लागि क्युबाका गैरआवासीय राजदूत अस्कर इजरेल मार्टिनिज कार्डोभेसले पनि ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो ।

नयाँदिल्लीस्थित क्युबाली राजदूतावासले नेपाल मामिला हेर्दै आएको छ ।

समारोहमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति राजेन्द्र क्षत्री, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । रासस