काठमाडौं, २५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
विहिबार एक विज्ञप्ति जारी गर्दै देउवाले ‘संयुक्त राज्य अमेरिकामा हालै भएको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा मेरो व्यक्तिगत र पार्टीको तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु’ भनेका छन् ।
देउवाले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिका बीचको सम्बन्ध अझ बढी सुमधुर हुने विश्वास लिएको जनाएका छन् ।













प्रतिक्रिया