१९ कार्तिक २०८३, बिहिबार

५ दिने नर्सरी ब्यबस्थापन तालिम राजधानीमा सुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tranning

काठमाडौं, २५ कात्तिक । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग, नेदरल्याण्डस्थित पमको प्राबिधिक सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा नर्सरी ब्यबस्थापन तालिम सुरु भएको छ ।

५ दिन सम्म चल्ने यो तालिममा धरान, पोखरा, चितवन र काठमाडौंका गरि ३० जना पुष्प ब्यवसायीको सहभागिता रहेको छ । नेदरल्याण्डस्थित एग्ः का पुष्प बिशेषज्ञ ध्क्ष्ः ख्ब्ल् प्भ्क्त्भ्च् ले ५ दिने तालिम दिनेछन् ।

तालिम कार्यक्रमको उद्घाटन सत्रमा फ्लोरिकल्चर एशोसिएशन नेपालका पूर्व अध्यक्ष शुरेश भक्त श्रेष्ठले २५ बर्ष अधि स्थापना भएको फ्यानले संस्थापना कालदेखिनै बिभिन्न तालिमको आयोजना गर्दै आइरहेकोले अबका दिनमा भने स्तरीय तालिमको आबस्यकता रहेको बताउँनुभयो । यसैगरि पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफ्लेले सुख र दुःख दुवै अबस्थामा प्रयोगमा आउने पुष्पखेतीको ब्यबस्थापन तालिमले ब्यबसायीलाई फाइदा पुग्ने बताउँदै यसको भरपुर फाइदा लिन तालिममा सहभागि ब्यबशायीलाई आग्रह गर्नुभयो ।

यसैगरि कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल सरकार कृषि मन्त्रालय कृषि ब्यवसाय प्रबद्र्धन शाखाका प्रमुख उपसचिब डा. रुद्र बहादुर श्रेष्ठले नर्सरी ब्यबस्थापन सँगै ब्यवसायीलाई ब्यबसायीक बनाउन तर्फ यो तालिमको लक्ष हुनुपर्ने बताउनुभयो । ४ करोडको आयात गरिरहेको पुष्प ब्यवसायलाई आयात प्रतिस्थापन कसरी गर्ने भन्ने तर्फ लाग्न आग्रह गर्दै श्रेष्ठले तालिम प्रमुख वीम भान केस्टरलाइ नेपाली ब्यबसायीले कहिले आफ्ना उत्पादन नेदरल्याण्ड निर्यात गर्न सक्छन त्यो तर्फ तालिम केन्द्रित गर्न आग्रह गर्नुभयो ।

फ्लोरिकल्चर एसोशिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले यसपटक आयोजना गरेको तालिम यस अघि गरिएका तालिम भन्दा फरक रहेको बताउँदै यो तालिमबाट धेरै भन्दा धेरै फाइदा लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधीहरुको पनि उपस्थिती थियो ।