१९ कार्तिक २०८३, बिहिबार

दैलेखमा युवा सुचना केन्द्र स्थापना हुँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कमल शर्मा

दैलेख, २५ कात्तिक । युवाहरुको ज्ञान सिप र क्षमता बिकासका लागी दैलेखमा युवा सुचना केन्द्र स्थापना हुने भएको छ ।

युवाहरुले सूचना नपाउँदा बेरोजगारीको समस्या सगै दिन प्रतिदिन युवाहरु बिदेशीन थालेपछि युवा सुचना केन्द्र स्थापना गर्न लागीएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र एभरेष्ट क्लव दैलेखको सहजीकरणमा संचालन भएको युवा सशक्तिकरण कार्यक्रमले युवा सुचना केन्द्रका लागी जिल्ला स्तरमा सरोकारवाला निकाय संग छलफल गरी युवा सुचना केन्द्रका लागी आवश्यक पर्ने बिभिन्न सामाग्रीका लागी पहल थालेको छ । युवा सुचना केन्द्र संचालन तथा ब्यबस्थापन निर्देशिका २०७० अनुसार दैलेखमा युवा सुचना केन्द्र स्थापना गर्न लागीएको कार्यक्रम संयोजक टेक राज आर्चायले बताए ।

युवा सुचना केन्द्रका लागी दुल्लु नगरपालीका वा लालीकाडाँ गाबिसलाई बैकल्पीक राखी काम अगाडी बढाइएको छ । एक बर्ष भित्र एउटा स्थानमा युवा सुचना केन्द्र स्थापना गरी आवशयक पर्ने बिभिन्न सरकारी फारम, टिकट, बिक्रि गर्ने इमेल इन्टरनेटको ब्यबस्था गर्ने फोटोकपी सेवा, टेलिफोन जस्ता सामाग्री उपलबध गराउने निर्णय समेत गरिएको छ ।

नेपाल सरकारले केन्द्रमा राष्ट्रिय युवा परिषद गठन गरी जिल्ला स्तरमा जिल्ला युवा समित गठन भएपनि युवाहरुलाई सुचना दिन एक कार्यालयले मात्र सम्भव नहुने भएकाले उक्त केन्द्र स्थापना गर्न लागएिको एभरेष्ट क्लव दैलेखका अध्यक्ष दिपक कमाुर शाहीले बताए ।

उनले युवाहरुलाई सुचना बाट सुसुचित गर्न उक्त केन्द्र स्थापना गर्न लागको बताए । कार्यक्रममा सहभागीहरुले राज्यले गर्नु पर्ने दायित्व सस्थाले गर्न लागेको भन्दै धन्यवाद दिएका थिए ।