१ कार्तिक २०८३, आइतबार

ट्रम्पको जित फ्रान्सलाई मन परेन, राष्ट्रपति अलान्दले दिए कडा प्रतिक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trump-francois-hollande

काठमाडौं, २५ कात्तिक । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले ट्रम्पको अमेरिकी राष्ट्रपतिमा आश्चर्यजनक जितले अनिश्चितताको समयको उदय भएको भनी प्रतिक्रिया दिनुभएको छ ।

बुधबार फ्रान्सेली टेलिभिजनमार्फत गरिएको सम्बोधनमा उहाँले यो विषयले एकीकृत युरोपको आवश्यकतालाई थप ध्यानाकर्षण गरेको बताउनुभएको छ ।

अलान्दले एकीकृत युरुोप जसले यस क्षेत्रको विकासका लागि प्रतिपादित मूल्यमान्यता, रुची र अघि आउने चुनौतीलाई स्वतन्त्ररुपमा सम्बोधन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभएको छ ।

जलवायु सम्झौताले पूर्णता पाउनेमा शङ्का

यसैबीच ट्रम्पको विजयपछि जलवायु परिवर्तनका विषयमा मोरक्कोको माराकेसमा जम्मा भएका कूटनीतिज्ञहरुले ट्रम्पको विजयपछि पेरिसमा भएको जलवायु सम्झौताले पूर्णता पाउनेमा शङ्का व्यक्त गरेका छन् ।

ट्रम्पले जलवायु परिवर्तन नियन्त्रण प्रयासस्वरुप सन् २०१५ को डिसेम्बरमा फ्रान्सको पेरिसमा भएको महत्वपूर्ण जलवायु सम्झौतालाई कार्यान्वयन हुनबाट वञ्चित गर्न नसक्ने फ्रान्सका वातावरणमन्त्री सेगोलेन रोयलले बताउनुभयो ।

उहाँले ७० प्रतिशत ग्रीन हाउस ग्यास उत्सर्जन गर्ने १०३ राष्ट्रले सम्झौतालाई अनुमोदन गरेकाले ट्रम्पका कारण उक्त सम्झौता उल्टिन नसक्ने बताउनुभयो ।

ट्रम्पले भूमण्डलीय तापमान वृद्धिलाई चीनद्वारा फैलाइएको हौवा भनी बताउनुभएको र जलवायु सम्झौता अनावश्यक रहेको जनाउँदै यसलाई रद्द गर्नुपर्ने समेत बताउनुभएको समाचार प्रकाशित भएका थिए ।

यसैबीच मेक्सीकोका राष्ट्रपति इनरिक पेना निएटोद्वारा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वा्चित भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले दुई मुलुकबीच विगतदेखि रहँदै आएको मित्रता आगामी दिनमा थप प्रगाढ बताउँदै अघि बढ्न आफू र आफ्नो देश अमेरिकी नवनिर्वा्चित राष्ट्रपति ट्रम्पसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभएको छ । – एएफपी