नवलपरासी, २५ कात्तिक । नेकपा (एमाले) प्रदेश नं. ४ ले पोखरालाई प्रादेशिक राजधानी बनाउने निर्णय गरेको छ ।
नवलपरासीको कावासोती–१५ थारु होमस्टे गाउँ अमलटारीमा भएको ४ नं प्रदेशको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य तथा उक्त प्रदेशका प्रचार विभाग प्रमुख जगत् विश्वकर्माले सो जानकारी दिए ।
माओवादी नेता एमालेमा प्रवेश
यसैबीच, एमाले रजहर गाउँ कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी क्रान्तिकारी) का राज्य समिति सदस्यसहित १५० नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
राष्ट्रिय स्वाधीनता र जनजीविकाको सवालमा एमालेको विकल्प नभएको भन्दै आफूहरु एमाले प्रवेश गरेको क्रान्तिकारीका राज्य समिति सदस्य हरिप्रसाद न्यौपानेले बताए । रासस














प्रतिक्रिया