१२ कार्तिक २०८३, बिहिबार

गुप्तचरमार्फत लोकमानको यस्तो धन्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokman-singh-karkiकाठमाडौं, २५ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका धन्दा पनि अचम्मका हुँदा रहेछन् । आरोपितसँगै साँठगाँठ गरी व्यापार गर्न उनले पिएलाई नै खटाएको रहस्य खुलेको छ ।

लोकमानले आफ्ना विश्वाशिला पिए एवम् गुप्तचर भवानी सुवेदीमार्फत व्यापारीक घरानामा दबदबा राख्दै आएका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

भारतीय गुप्तचर संस्थालाई सूचना बेचेको आरोप लाग्ने गरेका सुवेदीले अनुसन्धानको दायरामा तानेका एक मोवाइल सेवा प्रदायक कम्पनीसँग साँठगाँठ गरी सोही कम्पनीकै विक्रेता बनेर दुनियाँ हसाउने काम गरेका छन् ।

एनसेलको ३५ अर्व लाभकर प्रकरणका मुख्य दोषी लोकमानले एक्जियटाको साझेदार बनेका सतिशलाल आचार्यको स्मार्ट टेलिकममा ३० प्रतिशत शेयर बिक्री गर्दा ठूलो हिस्सा रकम भवानी मार्फत हात पारेको स्रोतको भनाइ छ ।

सुरुमा सतिशसँग भवानीले चिनजान गराएपछि लोकमानले पछि आँफै सम्बन्ध बिस्तार गरेका थिए । स्मार्टमा तीन साझेदारमध्ये एक लालसाहु डिष्ट्रिब्युटर्ससँग भएको शेयर सतिशले सेसिल्सको कस्बो इन्भेष्टमेन्ट लिमिटेडलाई बिक्री गर्दा लोकमानको अनुमती लिए पनि उद्योग विभागलाई गुमराहमा राखेका थिए ।

पछि स्मार्टमा भएको ९६ हजार कित्ता शेयर प्रतिकित्ता सय रुपैयाँमा बिक्री गर्न लागेको जानकारी उद्योग विभागलाई दिएका थिए ।

स्मार्टमा भएको लाल साहु डिष्ट्रिब्युटरको शेयर एनसेलको डिल मिलाउनकै लागि लोकमानले चलखेल गरेको अहिले आएर खुलेको छ ।

लोकमानकै मिलेमतोमा १० अर्व पर्ने स्मार्टको ३० प्रतिशत शेयरको भ्यालुएशन ९६ लाख रुपैयाँ मात्रै कायम गरी अर्वौ राजस्व छली गरिएको छ ।

एनसेलमा क्रस होल्डिङ छलेको देखाउन लालसाहुको सेयर सिंगापुरकै नागरिक नियो काये रुवेनको नाममा नामसारी गरेका थिए । तर, त्यो सेयर भने भित्री रुपमा सतिशकै रहेको उद्योग विभागका एक अधिकारीले बताए ।

यसरी लोकमान कै डिजाइनमा एनसेल र स्मार्ट टेलिकममा राष्ट्रघाती खेल सम्पन भएपछि उनका गुप्तचर भवानीले आफ्नै भाञ्जाको नाममा स्मार्टको बितरक कम्पनी खोलेर देशभर काम गर्न थालेका छन् ।

भवानीले भान्जा गोविन्द घिमिरेको नाममा भक्तपुरको गठ्ठाघरमा ओम सर्भिस प्रालि नामको कम्पनी खोली स्मार्टको बितरक कम्पनी चलाएका हुन ।

तर, उक्त कम्पनीमा लगानी भने लोकमानकै रहेको स्मार्टका एक कर्मचारीले बताए । गोरखापत्र संस्थानका नौ तहका कर्मचारी भवानी भने लोकमान हटेपछि गोरखापत्रमा काज फिर्ता नगई व्यापारतिर लागेका छन् ।