१२ कार्तिक २०८३, बिहिबार

यौन समस्यामा यसरी सुझाव दिन्छन् किशोर र किशोरीहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-mahilaकाठमाडौं, २५ कात्तिक । तपाईं १० देखि १९ वर्ष उमेर समुहको हुनुहन्छ ? तपाईलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ? छ भने पनि चिन्ता नगर्नुस्, जस्तै अफ्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौंन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा ।

राजधानकीको प्रसुतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको छ । यो सेवा लिन त्यहाँ पुग्ने किशोर किशोरीको संख्या निरन्तर बढेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

क्लिनिकमा किशोरीको असुरक्षित तथा अनिच्छित गर्भ पतन गर्ने,यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने र किशोर किशोरीको कुनै पनि भावनात्मक समस्या समाधान गर्ने सेवा उपलब्ध छ ।