१९ कार्तिक २०८३, बिहिबार

सरकार निष्क्रीय भयोः पूर्वप्रधानमन्त्री खनाल

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath-khanal

– मोहन पौडेल

नवलपरासी, २४ कात्तिक । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि वर्तमान सरकारले केहि पनि गर्न नसकेको आरोप लगाउनुभएको छ ।

वर्तमान प्रचण्ड नेतृत्वको सरकार निष्क्रीय अवस्थामा रहेको समेत उहाँले बताउनुभयो । भगवान गौतम बुद्धको अष्टधातु रहेको विश्वकै एकमात्र स्थान रामग्राम स्तुप उजैनी नवलपरासीको पारिवारिक भ्रमणका लागि आउनुभएका नेता खनालले पत्रकार सँग कुराकानि गर्दै यस्तो बताउनुभएको हो ।

नेता खनालले एमाले संविधान कार्यान्वयनका लागि लागिरहेको र संसोधन अहिलेको आवश्यकता नभएको दावि गर्नुभयो । संविधान संसोधनको औचित्य र संसोधन प्रस्ताव समेत सरकारले पेश गर्न नसकेको उहाँको आरोप थियो ।

संविधान संसोधन नभई कसरि कार्यान्वयन हुन्छ भन्ने प्रस्नमा पुर्व प्रधानमन्त्री खनालले संविधान कार्यान्वयन हुने र सरकारले चाहेमा तिन वटै तहको चुनाव समेत हुने दावि गर्नुभयो ।

नेता खनालले अन्य देशलाई रिजाउनका लागि संविधान संसोधन गर्न नहुने भन्दै उहाँले आफनो देशको परिवेश हेरेर संविधान कार्यान्वयनमा लाग्न उहाँले मधेसी मोर्चालाइ आग्रह पनि गर्नुभयो ।

रामग्राम स्तुपको विकासका लागि ठोस योजना ल्याउन आग्रह

नेता खनालले भगवान गौतम बुद्धको अस्टधातु रहेको नवलपरासीको रामग्राम स्तुपको विकास र सरक्षणका लागि सरकारले ठोस योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नवलपरासीको उजैनी स्थीत रामग्राम स्तुपको अवलोकनका क्रममा खनालले रामग्राम स्तुपको सुरक्षा, सरक्षण तथा आवश्यक भौतिक पुर्वाधार निर्माण गर्न र विश्वसामु प्रचार प्रसार गर्नका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताउनुभयो । लुम्बिनी विकास कोष अन्तरगत रहेपनि रामग्राम स्तुपको विकास नभएको भन्ने रामग्रामवासीको गुनासो जायज रहेको पनि खनालले बताउनुभयो ।

पुर्व प्रधानमन्त्री खनालले रामग्राम स्तुप विश्वकै प्राचिन, ऐतिहाँसिक धार्मिक तथा पर्यटकीय स्थल भएको भन्दै सोहि अनुसार विकास आवश्यक रहेको औल्याउनुभयो । उत्खनन समेत हुन नसकेको यस ऐतिहाँसीक स्थलको क्रमश उत्खनन गर्न समेत उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । रामग्राम स्तुपको विकासका लागि लुम्बिनि विकास कोषले पर्याप्त ध्यान नदिएको तथा स्थानीय स्तरबाट विकास गर्छौ भन्दा पनि नदिने गरेको कोषले भने रामग्रामको विकासका लागि लागिरहेको जनाएको छ ।

कोषका उपाध्यक्ष सिद्धार्थ महर्जन भिक्षु निग्रोधले रामग्रामलाई जथाभावि विकास गर्न दिदाँ यस्को महत्व घट्ने तथा प्राचिन कुराहरु नष्ट हुन सक्ने भन्दै उहाँले यस्को विकासका लागि योजना बनिरहेको दावि गर्नुभयो । उहाँले रामग्राम स्तुपको उत्खनन भन्दा पनि आवश्यक भौतिक पुर्वाधारको विकास आवश्यक देखिएको बताउनुभयो । लुम्बिनि विकास कोषले विगतमा केहि जग्गा अधिग्रहण गर्ने बाहेक केहि गर्न नसकेको स्वीकार गर्दै उहाँले युनेस्कोको नियम उल्लघंन नहुने गरि विकास गर्ने योजना रहेको कोषका उपाध्यक्ष मर्हजनले बताउनुभयो । उहाँले रामग्राम स्तुपलाइ विश्व सम्पदा सुचिमा पार्ने पहल पनि सुरु भएको जानकारी दिनुभयो ।