१९ कार्तिक २०८३, बिहिबार

सुजाताले भनिन्- कांग्रेस एक चीन नीतिको पक्षमा छ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujata-koiralaकाठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेस एक चीन नीतिमा पक्षमा रहेको बताएकी छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले दलाई लामा तथा तिब्बतका प्रधानमन्त्री भेटेपछि चीन असन्तुष्ट बनेको भन्ने खबर आइरहेका बेला बुधबार एक विज्ञप्ति जारी गर्दै सुजाताले एक चीन नीति अवलम्वन गर्ने नेपाली कांग्रेसको स्पष्ट नीति हो भनेकी छन् ।

‘म पार्टीको अन्तराष्ट्रिय विभाग प्रमुख रहदा र उप—प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहदा समेत यो नीतिलाइ स्पष्ट रुपमा अघि वढाएको छु,’ उनले भनेकी छन्– ‘आगामी दिनमा नेपाल र चीनवीच अझ वढि सुमधुर सम्वन्ध स्थापना गर्न एक चीन नीतिमा कटिबद्ध रही सोही बमोजिम चीनसंगको सम्बन्धलाई निरन्तरता दिने नेपाली कांग्रसको स्पष्ट नीति रहेको छ ।’

चीनलाई राष्ट्रसंघमा सदस्यता दिलाउन नेपालले सक्रिय भूमिका खेलेको र वीपी कोइरालादेखि गिरिजावावुको पालासम्म नेपाल र चीनवीच हार्दिकतापूर्ण सम्वन्ध रहिआएको भन्दै उनले नेपालले सधै एक चीन नीतिको स्पष्टता र दृढतापूर्वक अवलम्वन गर्दै आएको उल्लेख गरेकी छन् । ‘नेपालले सधै ताइवान र तिव्वतलाई चीनको अभिन्न अंगको रुपमा मान्यता दिदै आएको छ,’ उनले भनेकी छन्– ‘कांग्रेस यसको विपक्षमा हुनैसक्दैन् । हामी एक चीन नीति अवलम्वन गर्छाैं ।’

sujata-statemtnt