
काठमाडौं, २४ कात्तिक । राजधानीको बल्खुमा डरलाग्दो दुर्घटना भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दुर्घटनामा मोटरसाइकलबाट लडेकी युवतीको टिप्परको चक्कामुनी च्यापिएर ज्यान गएको छ ।
बल्खुचोकस्थित सडकमा बुधबार बा.५३ प ८०६३ नम्बरको मोटरसाइकल खाल्डोमा परी दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार नागार्जुन–१२ स्युचाटारकी ३३ वर्षीया अप्सरा शाह बिडारी लड्न गई बा.४ प ३९०८ नम्बरको ट्रिफरको पछाडि चक्कामा परी गम्भीर घाईते भएकीले बल्खु स्थित बयोधा अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक घाईते भएकोले सोही अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी साधन र ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया