१९ कार्तिक २०८३, बिहिबार

रेबिज भ्याक्सिनका लागि ३ दिनको पैदल यात्रामा मनिषाको परिवार

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manisha-rukum– अमरराज पुन

रुकुम, २४ कात्तिक । उमेरले ३० वर्ष पुगेकी लहँ वडा नं. ८ लबिसा, जाजरकोटकी मनिषा खड्का र उन्का दुई बाल बच्चालाई गएको असोज महिनाको ९ गते गाउँकै बौलाह कुकुरले टोकेपछि आजकल उनको दैनिकी निकै सकसपूर्ण अवस्थामा गुज्रिरहेको छ ।

गाउँ नजिक रेविज विरुद्धको भ्याक्सिन नपाउँदा रेविज सुई लगाउनकै लागि ३ दिनको पैदल यात्रामा उन्को सबै परिवार बेलाबेला जिल्ला समदरमुकाम जाजरकोट जाने गरेको छ ।

हालसम्म ४ पटक रेविज भ्याक्सिन लिईसकेको र अब अन्तिम पटकका लागि मंगलबार जिल्ला सदरमुकाम जाजरकोट जाँदै गार्दा यस्तो दुखेसो उन्ले पोखेकी हुन् । दुई दिनको लामो पैदल यात्रामा आफु सहित साना ४ बालबच्चासंग ओहोर दोहोर गर्दा अहिले सम्म करिब ३० हजार भन्दा बढि पैसा सकिएको खड्काले बताईन् ।

कुकुरले टोकेयता पटक–पटक जिल्ला सदरमुकाम जाँदा र आउँदा गाउँका सबै आफन्तबाट रिन दान गरेर तथा केही घरमा भएको गहना धरौटीमा राखेर हाल उक्त समस्या टारिरहेको उनी बताउँछिन् । गाउँमै गाई बाख्रा चराउन गएको बेला मनिषा खड्का, उन्को ३ वर्षको छोरा प्रकाश खड्का र ५ वर्षकी छोरी अस्मिता खड्कालाई बौलाह कुकुरले टोकेको हो ।

कुकुरले टोकेपछि रेविज भ्याक्सिन लगाउनुपर्छ भन्ने समेत थाहा नपाएकी मनिषालाई गाउँकै शिक्षक रुद्र बहादुर शाहीले रेविज भ्याक्सिन लगाउन सल्लाह दिएपछि मात्र आफुहरुले तत्काल रिन दान गरेर जिल्ला अस्पत्ताल जाजरकोट जानुपरेको बाध्यता सुनाईन् । तरपनि हाल गाउँघरमा प्रायजसो आफन्त तथा छिमेकीले रेबिज भ्याक्सिन लगाउनुहुन्न आफै ठिक भईहाल्छ भन्दै गर्दा आफुहरुले विभिन्न समस्या झेलेर भएपनि डक्टरको सल्लाह मानिरहेको उन्ले बताईन् । त्यस्तै हाल मनिषाको श्रीमान् मनवीर खड्का धन पैसा कमाउन भारत गएकाले उन्को घरमा भएका गाई बाख्रा समेत त्यत्तिकै छोड्नुपरेको उनको भनाई छ ।

घरमा कोही नभएकाले पनि आफुसंग भएका सबै बालबल्चाहरुलाई साथमा लिएर जानुपर्दा बाटोघाटोमा खान, बस्न तथा आवत–जावत गर्नलाई समेत थप समस्या पर्ने गरेको छ । १२ वर्षकी जेठी छोरी सुनिता खड्का पनि बोल्न र कान सुन्न सक्दैनिन् तर उनैले सानो बच्चालाई बोकेर आफुलाई सहयो गरेको खड्काले बताईन् । छोरी सुनिताको लागि पढ्न र लेख्नका लागि कसैले सहयोग गरिदिन्छकी भन्ने आशा समेत उन्ले बुनेकी छन् ।

छोरी सुनिताको लागि सहयोग गर्ने कुनै सहयोगी निकाय पाएको खण्डमा तत्काल विद्यालयमा पढाउने योजना उनी संग छ तर हाल सम्म कसैले पनि आफुहरुलाई सहयोग नगरेको उन्को दुखेसो छ । उनी संगैको करिब एक घण्टाको यात्रामा हिंड्दै गर्दा अब सरकारले आफुहरु जस्तै गरिबहरुका लागि गाउँ–गाउँमा व्यवस्थित स्वास्थ्य संस्था स्थापना गरिदिन र सबै बिरामीहरुका लागि गाउँमै भरपर्दो उपचार गर्ने वातावरण बनाईदिन समेत आग्रह गरिन् ।