१९ कार्तिक २०८३, बिहिबार

छ महिनाका लागि बन्द भए उपल्लो डोल्पाका विद्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upper-dolpa
डोल्पा, २४ कात्तिक । जिल्लाको उत्तरी भेगस्थित उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द भएका छन् ।

कात्तिक महिनाको सुरुसँगै भएका हिमपात र वर्षात्ले अत्याधिक चिसो बढेर बस्न नसकिने भएकाले छ महिनाका लागि सम्पूर्ण विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरेर मात्र विद्यालय गरिएको हो ।

चिसोले विद्यार्थी स्कुलमा आउन सक्ने अवस्था नभएकाले विद्यालय बन्द गर्नुपरेको र यतिखेर बन्द भएका विद्यालय आउँदो वैशाख पहिलो साता मात्र खुल्ने विद्यालय निरीक्षक वीरबहादुर धामीले बताउनुभयो ।

जाडो बढेसँगै उपल्लो डोल्पाका साल्दाङ, भिजेर, तिन्जे, मुकोट, छार्का, धोलगायतका छ गाविसका सर्वसाधारण पशु चौपायसहित तल्लो डोल्पा झर्न थालिसकेका छन् । रासस