एजेन्सी । नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले पाँच सय र एक हजार भारतीय रुपैयाँ नचलाउने घोषणा गरेकै अर्काेदिन कार्टुनमा भरेर पैसा सडकमा फालिएको खबर आएको छ ।
भारत सरकारले बुधबार कालोधन नियन्त्रण गर्न भनेर ५०० र १००० का नोट नचल्ने घोषणा गरेको थियो । यो घोषणाको २४ घण्टापछि विहीबार विहान नौ बजे गाजियावाद लिंक रोडको कव्रिस्तानमा कार्टुनमा भरेर पैसा फालिएको भेटिएको हो ।
पैसा फालेको खबर पाएपछि उक्त पैसा टिप्न मानिसहरु दौड्दै त्यहाँ पुगेका छन् । गाँउलेको भीड लागेको छ । कार्टुनमा भएका पैसाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त पैसा कालोधन हुनसक्ने प्रहरीको आशंका छ ।
भारतमा राजश्व छलेर ठूलो मात्रामा रकम जम्मा गरेको घटना भइरहन्छ । यसरी लुकाइएको पैसा मोदी सरकारको नयाँ निर्णयपछि काम नलाग्ने भएको भारतीय मिडियाले जनाएका छन् ।
















प्रतिक्रिया