१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस जिल्ला कार्यवाहक सभापतिमा मीरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-congressमेलम्ची, २४ कात्तिक । लामो विवादपछि नेपाली कांग्रेस सिन्धुपाल्चोकले कार्यवाहक सभापतिको जिम्मेवारी मीरा लामालाई सुम्पेको छ ।

कात्तिक १७ गते बसेको बैठकले लामालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । सभापति विकास लामा बिरामी भएर उपचार गराइरहेकाले लामालाई जिम्मेवारी दिइएको बताइएको छ ।

काँग्रेस जिल्ला सचिव रहेका झलक नेपाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने चर्चा चलेको भएपनि कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले मीरालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने पत्र पार्टी कार्यालयमा ६१औँ नंमा दर्ता भएको जानकारी दिएका छन् ।

सभापति लामा बिरामी भएकाले अहिले उपचारका क्रममा थाइल्यान्डमा छन् । कार्यवाहक सभापति मीरा विकास लामाका पत्नी हुन् । रासस