१२ कार्तिक २०८३, बिहिबार

एम्बुलेन्स दुरुपयोग बढेपछि आयात गर्दाको भन्सार छुट रोक्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ambulance-oneकाठमाडौं, २४ कात्तिक । एम्बुलेन्स आयात गर्दा दिइँदै आएको भन्सार छुट रोक्न सरकारले तयारी गरेको छ ।

गैरस्वास्थ्य संस्थाले व्यावसायिक प्रयोजनका लागि एम्बुलेन्स खरिद गरी दुरुपयोगको सिकायत प्राप्त हुन थालेपछि सरकार यस्तो निर्णयको तयारीमा लागेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

स्वास्थ्य मन्त्रालयको नीति तथा अन्तर्राष्ट्रिय महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले एम्बुलेन्स आयात गर्दा लाग्ने भन्सार छुट मिनाहाको सिफारिस बन्द गर्न गृहकार्य भइरहेको जानकारी दिए ।

मन्त्रालयले स्वास्थ्य संस्थालाई मात्रै एम्बुलेन्स आयातमा भन्सार छुटको सिफारिस दिइने प्रावधानसहित नयाँ निर्देशिकाको तयारी गरेको उनले बताए ।

नयाँ निर्देशिकाले तोकेको मापदण्ड पुरा गरेपछि मात्रै स्वास्थ्य संस्थालाई पनि भन्सार छुटको सिफारिस दिइनेछ ।