१९ कार्तिक २०८३, बिहिबार

कोमामा रहेकी सुनकुमारीको उपचार हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkumari

– नरेश केसी

भैरहवा, २३ कात्तिक । रोल्पा थबांगकी सुनकुमारी नेपालीको अहिले आइसीयुमा राखेर उपचार भईरहेको छ ।

युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवाको आइसीयुको बेड नम्बर ८ मा रहेकी उनको न्यूरो विषशज्ञ डा. डम्बर शाह र जनरल फीजिसीयन डा. प्रविन खत्रीको चिकिस्तीय टोलीले उपचार गरिरहेको युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीले जानकारी दिए ।

विगत २८ दिनदेखी उक्त अस्पतालमा उपचाररत सुनकुमारीको आर्थिक अभावको कारण राम्रो उपचार हुन नसकेपछि लुम्बिनी प्रेस क्लबको अगुवाईमा उनको उपचारलाई केहि दिन यता तिब्रता दिएको हो । सुनकुमारीलाई आइतबारदेखी आईसीयुमा राखेर उपचार गरिरहेको छ । त्यसभन्दा अगाडी उनको न्यूरोको जनरल वार्डमा राखेर उपचार भइरहेको थियो । प्रेस क्लबले सुनकुमारीको औषधी उपचार खर्च व्यवस्थापन सहितको जिम्मा लिएपछि अस्पतालले उनलाई सघन कक्षमा राखेर चिकित्सकको टोली नै खटाएर उपचार शुरु गरेको हो ।

४८ वर्षीय सुनकुमारीको अािर्थक अवस्था अत्यन्त कमजोर रहेको छ । उनका श्रीमान धुब्र नेपाली अहिले सुनकुमारीलाई कुटपीट गरेकै कारण रोल्पा प्रहरीको हिरासतमा छन् । अर्धचेत अवस्थाकी आमाको स्याहार सुसारमा ६ कक्षामा अध्ययनरत १३ वर्षिय विनिता नेपाली लागीपरेकी छन् । आमाको औषधी उपचारमा लुम्बिनी प्रेस क्लबको टोलीले सहयोग थालेपछि विनिता अहिले खुसी छन् । आईसीयु कक्षमा भेटिएकी विनिताले मंगलबार भनिन् ‘तपाईहरुले सहयोग गरेपछि आमा बाच्ने आसा जागेको छ । अहिले विस्तारै आखां खोल्न थाल्नुभएको छ ।’

पैसा नभएपछि अचेत अवस्थाकी आमालाई छाडेर हिडेकी विनितालाई प्रेस क्लबको टोलीले सम्झाईबुझाई गरेपछि आमासंगै बसेकी थिइ्न । केहि दिन अगाडी सम्म बोल्न पनि नसक्ने विनिताले अझ थप्दै भनिन् ‘मलाई त अत्यन्तै खुसी लागेकोछ । तपाईहरु नभेटेको भए सायद अहिले सम्म के हुन्थ्यो । तपाईहरुकै कारण सभामुख पनि आउनुभयो । सबैले अहिले माया गर्नुभएको छ । डाक्टर नर्सले पनि राम्ररी हेर्नुभएको छ ।’

सुनकुमारीको पीडा मिडीयामा आएपछि सोही क्षेत्रबाट निर्वाचित भई सभामुखको भूमिकामा रहेकी ओनसरी घर्ति र पुर्व अर्थमन्त्री वर्षमान पुनले उनको स्वास्थ्य अवस्था बुझी तत्कालको लागी १० हजार सहयोग समेत गरेका छन् ।

सुनकुमारीकोलागी सहयोगको लागी अहिले विभिन्न संघसंस्था र व्यक्तिले स्वर्तस्फूर्त रुपमा लुम्बिनी प्रेस क्लबको पुर्णिमा विकास बैंक सिद्धार्थनगर भैरहवाको खाता नम्बर ०००००००००१००००१५९ सि.डी. (ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ज्ञण्ण्ण्ण्ज्ञछढऋम्० मा रकम जम्मा गरिरहेको क्लबका कोषाध्यक्ष कमल रायमाझीले जानकारी दिए ।

अहिले सम्म सुनकुमारीको सहयोगकोलागी सिद्धार्थ यातयात समितीबाट १५ हजार, सिद्धार्थ उद्योग वाणिज्य संघले १५ हजार, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेश पछाईबाट १० हजार, जगर्स ग्रुप भैरहवाबाट १० हजार , लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष विनोद खरेलबाट ५ हजार, सिद्धार्थ उद्योग वाणिज्य संघका सचिब नेत्र आचार्यबाट ५ हजार, रामगोविन्द रन्जित काठमाण्डौंबाट ५ हजार, नमूना एकिकृत विकास परिषद भैरहवाबाट ५ हजार, सिद्धार्थ यातयात व्यवसायी समितीका पुर्व अध्यक्ष सन्जिव रोक्काबाट ५ हजार, कमल पाण्डेबाट १ हजार प्राप्त भईसकेको कोषाध्यक्ष रायमाझीले जनाए । यसअघि नै सभामुख घर्तिले विनिता नेपालीलाई भेटी १० हजार सहयोग गरिसकेकी छन् ।

सुनकुमारी नेपालीको उपचारमा सहयोग पुराउने ध्ययेले उपराष्ट्रपति नन्दबहादुर पुन पासांगका छोरा दिपेश पुनले काठमाण्डौंमा सहयोग जुटाईरहेको लुम्बिनी प्रेस क्लबलाई जानकारी दिएका छन् । पुनले युनिर्भसल कलेज अफ मेडिकल सान्सेज शिक्षण अस्पतालमा उपचारत सुनकुमारीको उपचारको लागि आफ्नो नेतृत्वमा रकम संकलन गरिरहेका छन् ।

सुनकुमारीको उपचारको लागि युवा नेता दिपेश पुनले व्यक्तिगत रुपमा २० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा समेत गरेका छन् ।

उनका अनुसार पर्यटन व्यवसायी ताशी शेर्पाले ३५ हजार रुपैयाँ, लक्ष्मी प्रतिष्ठानले १५ हजार रुपैयाँ, भक्तपुरका जिवन गुरुङ्गले दश हजार, व्यल्जियम बस्ने रामचन्द्र सुवेदीले १५ हजार, रोल्पा कोर्चावाङका कालु थापाबाट दश हजार, नेपाली कांग्रेस महासमिती सदस्य तथा समाजसेवी वेद प्रसाद काप्रीले (माइला) दश हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै रोल्पा भावाङ्गका तथा उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती, युवा नेता तथा उपराष्ट्रपतिको स्वकिय सहसचिव तुलसी दागÞी, व्यवसायी केशव पाण्डे, दुर्गा सिलवाल, जापान बस्ने अमित रायमाझी, पर्यटन व्यवसायी सुजन लामिछाने र युके बस्ने रोजी गौतमबाट ५–५ हजार रुपैयाँ सुनकुमारी उपचारको लागि संकलन भएको युवा नेता दिपेश पुनले लुम्बिनी प्रेस क्लबलाई जनाए । सो रकम केही दिनमा उनले भैरहवामा प्रेस क्लबलाई हस्तान्तरण गर्ने पनि जनाए ।

पत्रकारहरुले हिंसामा परेकी महिलाकोलागी सहयोगको प्रयास थाल्दा विभिन्न सहयोगी मनहरुबाट उत्साहबद्र्धक सहयोग पाउंदा आफुहरु उत्साहीत भएको प्रेस क्लबका अध्यक्ष माधब ढुंगानाले बताए ।