१९ कार्तिक २०८३, बिहिबार

सुनकुमारीको उपचारमा उपराष्ट्रपतिका छोरा दिपेशको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkumari

काठमाडौं, २३ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले आर्थिक अभावका कारण अस्पतालको शैय्यामा मृत्युसँग जुधिरहेकी रोल्पा थबाङ्ग ८ की ४८ वर्षीया सुनकुमारी नेपालीको उपचारको लागि एकै दिनमा एक लाख बढी रकम संकलन गरेका छन् ।

उनले युनिर्भसल कलेज अफ मेडिकल सान्सेस शिक्षण अस्पतालमा उपचारर्त सुनकुमारीको उपचारको लागि आफ्नो नेतृत्वमा रकम संकलन गरिरहेका छन् ।

सुनकुमारीको उपचारको लागि युवा नेता दिपेश पुनले २० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् ।

उनका अनुसार पर्यटन व्यवसायी ताशी शेर्पाले ३५ हजार रुपैयाँ, लक्ष्मी प्रतिष्ठानले १५ हजार रुपैयाँ, भक्तपुरका जिवन गुरुङ्गले दश हजार, व्यल्जियम बस्ने रामचन्द्र सुवेदीले १५ हजार, रोल्पा कोर्चावाङका कालु थापाबाट दश हजार, नेपाली कांग्रेस महासमिती सदस्य तथा समाजसेवी वेद प्रसाद काप्रीले (माइला) दश हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै रोल्पा भावाङ्गका तथा उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती, युवा नेता तथा उपराष्ट्रपतिको स्वकिय सहसचिव तुलसी दागी, व्यवसायी केशव पाण्डे, दुर्गा सिलवाल, जापान बस्ने अमित रायमाझी, पर्यटन व्यवसायी सुजन लामिछाने र युके बस्ने रोजी गौतमबाट ५–५ हजार रुपैयाँ सुनकुमारी उपचारको लागि संकलन भएको युवा नेता दिपेश पुनले जानकारी दिए ।