काठमाडौं, २३ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जीविरुद्ध भारतको पटियाला हाउस अदालतमा मुद्दा दायर भएको छ ।
मुखर्जीले आफ्नो किताबमा हिन्दुहरूको धार्मिक भावनामाथि आपत्तिजनक टिप्पणी गरेको भन्दै लखनउ र फैजाबादमा बसोबास गर्ने चार व्यक्तिले सोमबार वकिल हरिशंकर जैन र विष्णुशंकर जैनमार्फत अदालतमा सार्वजनिक महत्वको मुद्दा दायर गरेका हुन् ।
दायर गरिएको मुद्दामा राष्ट्रपति मुखर्जीको किताब ‘टरबुलेट इयर्स १९८०–१९९६’ को केही अंश आपत्तिजनक भएको भन्दै ती अंश हटाउन माग गरिएको छ ।
मुखर्जीको किताबमा रामजन्मभूमि र बाबरी मस्जिदको सम्बन्धमा गरिएको टिप्पणीमा आपत्ति जनाइएको छ । किताबमा केही तथ्य गलत भएको र हिन्दुहरूको धार्मिक भावनामाथि ठेस पुग्ने भएका कारण आपत्तिजनक कुरालाई हटाएर सार्वजनिक सूचना जारी गर्न अनुरोध गरिएको छ ।
यस्तै, किताबमा भएको आपत्तिजनक अंश नहटाएसम्म बिक्रि बितरणमा रोक लगाउन पनि अनुरोध गरिएको छ ।
















प्रतिक्रिया