काठमाडौं, २३ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाललाई मुलुकको बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न सवैले सक्रियतापूर्वक भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका छन् ।
आज विभिन्न व्यक्तिहरुलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष थापाले मुलुकको राष्ट्रियताको सम्बद्र्धन, प्रजातन्त्रको सुदृढिकरण र मुलुकको समग्र आर्थिक विकासको लागि देशमा बलियो राष्ट्रवादी शक्तिको आवश्यकतामा जोड दिए ।
संविधान निर्माण पश्चात मुलुक समृद्धिको बाटोमा जान्छ भन्ने नेपाली जनताको आशा निराशामा परिणत भएको भन्दै अध्यक्ष थापाले राजनैतिक अस्थिरताले संकट बढाउँदै लगेकोमा चिन्ता प्रकट गरे ।
पार्टीले संगठन निर्माण र सुदृढिकरणलाई तिव्रतापूर्वक अगाडी बढाउने भन्दै थापाले नवप्रवेशीहरु सवैलाई आवश्यकताअनुसार पार्टीले उचित स्थान र भूमिका दिने समेत स्पष्ट पारे । कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनको भने– ‘उच्च मनोबल र उत्साहका साथ संगठन निर्माणमा क्रियाशिल हुनुहोस ।’
सो अवसरमा गोरखा, ताप्लेजुङ्ग, सिन्धुली र रामेछापका विभिन्न व्यक्तिहरु राप्रपा नेपालमा प्रवेश गरेका थिए ।













प्रतिक्रिया