३० आश्विन २०८३, शुक्रबार

मध्य आकाशमा उडिरहेको विमानभित्र जिउँदो सर्प खसेपछि भागाभाग (भिडियोसहित)

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

snake-on-board

एजेन्सी । मेक्सिकोमा उडिरहेको एक विमानभित्र सर्प देखिएपछि विमानलाई तत्कालै अवतरण गरिएको छ ।

अचानक ठूलो सर्प देख्दा यात्रुहरु आत्तिएर भागाभाग भएपछि मध्यआकाशमा उडिरहेको विमानलाई तत्कालै आपतकालिन अवतरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेक्सिकोको टोरेओन शहरबाट विमान मेक्सिोकोको राजधानी मेक्सिको शहर जाँदै थिए । विमानको सिटभन्दा माथि सामान राख्ने ठाउँ (ओभरहेड कम्पार्टमेन्ट)बाट सर्प अचानक निक्लेको विमानमा यात्रा गरेका यात्रुहरूले बताएका छन् ।

सालाखाला ५ फुट लामो र हरियो रङको उक्त सर्प माथिबाट तल सिटनेर खसेको थियो । घटना अस्ति आइतवारको हो । विमानमा यात्रारत एक विश्वविद्यालयका प्रोफेसरले एउटा कपडाको सहायताले पक्रेका थिए ।

उनले सर्प पक्रेर सुरक्षित रूपमा राखिएपनि त्यो खतरामुक्त नरहेको ठानेर नजिकैको सहज स्थानमा विमान अवतरण गराएर सर्पलाई जिउँदै जंगलमा छोडिएको थियो ।
https://twitter.com/Inda_medina/status/795385648806903808