१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस नेता सिंह र अमेरिकन राजदूतवीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-man-teplisकाठमाडौं, २३ कात्तिक । कांग्रेस नेता प्रकाशमान सिंहसँग नेपालका लागि अमेरिकन राजदूत एलाइन टेप्लिजले भेटवार्ता गर्नुभएको छ ।

काठमाडौंको ठमेलस्थित नेता सिंहको निवासमा मंगलबार भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको हो ।

नेता सिंहका सहयोगी यूपी लामिछानेका अनुसार भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन र दुई देशवीचको सम्बन्धलगयतमा कुराकानी भएको थियो ।

विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गर्दै आउनु भएकी अमेरिकन राजदूत टेप्लिजले कांग्रेस नेता सिंहसँग परामर्श गर्नुभएको हो ।