१९ कार्तिक २०८३, बिहिबार

अब देशभर लोडसेडिङ हुँदैन्ः उर्जामन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janardan-sharma

दाङ, २३ कात्तिक । ऊर्जा मन्त्री जनार्दन शर्माले आफनो मन्त्रालयको पहिलो काम विद्युत्भार कटौती गराउने रहेको बताउनुभएको छ ।

राप्ती शान्ति उद्यानको आज अवलोकनपछि एउटा कार्यक्रममा बोल्दै उहाँले मन्त्रालयले विद्युत्भार कटौती घटाउँदै लगेको बताउनुभयो । मन्त्री शर्माले सो उद्यानमा विद्युत् विस्तारका लागि आफूले पहल गर्ने आश्वासन दिनुभयो ।

मन्त्री शर्मालाई राप्ती शान्ति उद्यान समितिका अध्यक्ष टोपबहादुर केसीले उद्यानभित्र विद्युत् विस्तार, ट्रान्सफर्मरको व्यवस्थालगायत माग राखी ज्ञापनपत्र बुझाउनुभएको थियो । रासस