१९ कार्तिक २०८३, बिहिबार

यी हुन् काठमाडौंमा दिउँसै घर लुट्ने चोर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chor-and-chori-ko-saman

काठमाडौं, २३ कात्तिक । उपत्यकाका बिभिन्न स्थानमा दिउसोको समयमा मानिस घरमा नभएको मौका पारी ढोकाफोडी कोठामा भएको नगद तथा सुन चाँदीका गरगहना चोरी गर्ने तथा चोरीको सामान खरिद गर्ने सहित ३ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा चोरी गर्ने काभ्रे सरमथली–९ घर भई बागबजार बस्ने २८ बर्षीय वाङदेन तामाङ, काभ्रे बेग सिम्ले–७ घर भएका २३ बर्षीय सुमन तामाङ तथा चोरीको सामान खरिद गर्ने भारत बिहार खगडिया घर भई बागबजारस्थित सुन चाँदी पसल संचालन गरी बस्ने ३६ बर्षीय पंकज कुमार दाश रहेका छन् ।

chori-ko-saman

उनीहरुबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप २ थान, क्यामेरा ५ थान, नेपाली तथा बिदेशी सिक्काहरु, खुकुरी, विभिन्न चाँदीका गहनाहरु, फलामको ढोका फोड्ने रड लगायतका सामान बरामद गरेको छ ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।