– रबिन्द्र प्रताप गुप्ता
भैरहवा, २३ कात्तिक । विवाद चुलिदा रुपन्देहीमा स्थानीय तहको पूनर्संरचना प्रक्रिया अघि बढ्न सकेको छैन । स्थानीय तह निक््रयोल गर्न आयोगले समितिलाई दिएको पटक पटकको समय सीमा सकिदा पनि सरोकारवाला गम्भिर नहुँदा स्थानीय तह बारे सहमति जुट्न नसकेको हो ।
पूनर्संरचना आयोग नै त्रुटिपूर्ण रहेको भन्दै मधेशवादी दलहरु पूर्नसंरचना बैठकमा उपस्थित हुने, विरोधका कुराहरु राख्ने तर माइन्युटमा हस्ताक्षर नगरी फर्किने गरेका छन । संख्याको विवादले गर्दा प्रक्रिया सुरुकै चरणमा रोकिएको थियो । केन्द्रीय आयोगले रुपन्देहीलाई १३ वटा स्थानीय तहमा राख्ने गरी सिफारिस गरे पनि रुपन्देहीमा क्रियाशिल राजनीतिक दलहरुले भने १० देखि २२ वटा राख्नुपर्ने सुझाव पेश गरेका थिए ।
संख्याका साथै जिल्लामा क्रियाशिल दलहरु बीच सीमाकंन, नामाकंन र केन्द्र निर्धारणमा समेत असहमती रहेको छ । हाल रुपन्देहीमा १ उपमहानगरपालिका, ५ वटा नगरपालिका र ४८ वटा गाविस छन । रुपन्देहीमा ठूला मानिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी भित्रै आयोग बनाएर खाका बनाएका छन ।
तर मधेशवादी दलहरुले भने प्रान्तीय सरकार भन्दा अघि जिल्ला संरचना हुन नदिने अडानमा छन । तराई–मधेश लोकतान्त्रिक पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले एकलौटी रुपमा घोषणा गरिएको संविधान कार्यान्वयन हुने परिस्थिती नभएकोले आयोगले ल्याएको गाउँपालिकाको अवधारणामा आफूहरुको असहमति रहेको बताए । उनले संविधान संसोधन नगरी अन्य विषयमा प्रवेश गर्न नसकिने समेत जिकिर गरे ।













प्रतिक्रिया