नेपालको राष्ट्रिय एकीकरणको सन्दर्भमा विक्रम संवत् १८२५ मा काठमाडौं उपत्यका विजयपछि पृथ्वीनारायण शाहले यस क्षेत्रमा धर्म प्रचार गरिबसेका पादरी केपुचीन लगायत इसाई बनेका केही तत्वहरुलाई समेत उपत्यका निकाला गरेका बेलादेखि यो क्षेत्रमा इसाईहरुको नाक मुख देखिएको थिएन । तर २००७ सालपछि क्रिस्चियनहरु नेपालमा छिट्पुट पस्न थाले पनि कुनै विरोध उठेको थिएन । पाल्पामा मिसन अस्पताल, पाटनमा शान्ता भवन–मिसन अस्पताल, सेन्ट जेभीयर र सेन्टमेरी स्कूलहरु खुले । तर त्योबेला इसाईधर्म प्रचार गर्ने र धर्मपरिवर्तन गर्ने कुरा त्यत्ति धेरै मात्रामा थिएन । पश्चिमाहरु राम्रै कामका लागि आएका छन् भन्ने ठानियो, सशंकित भएर विरोध गरिएन । तर २०४६ सालपछि केही मात्रामा खुलेर धर्म परिवर्तन गराउन लागेका बेलादेखि नेपालीहरुको टाउको दुख्न थालेको थियो । तर २०६३ सालको आन्दोलनपछि त हद नाघ्यो ।
२०६३ सालको आन्दोलनको अघि–अघि तोडफो गर्दै उघ्र नारा लगाउनेहरु आन्दोलनकारीको अघि अघि हिड्ने सबै क्रिस्चियन रहेछन् । पृथ्वीनारायण शाहका शालीक भत्काउने माओवादीभित्रका क्रिस्चियनहरु रहेछन् । पौष २७ गतेको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको सार्वजनिक बिदा माओवादीका बाबुराम भट्टराईको दबाबमा र भारतीय गुप्तचरको सिफारिसमा गृहमन्त्री बनेका गद्दार कृष्ण सिटौलाले नैं हटाए । तिनै गद्धार सिटौलाले ४० लाख भारतीयहरुलाई नागरिकताको प्रमाणपत्र बितरण गर्ने आदेश दिए । वैशाख ११ गते संसद ब्यूँतेको एक महिना नपुग्दै जेष्ट ४ गते यिनै अपराधीहरुको सक्रियतामा पैसा खाएर नेपाललाई धर्मनिरपेक्ष घोषित गरियो । त्यसपछि क्रिस्चियनहरु पैसाको खोलो बगाउँदै धर्मपरिवर्तन गराउन नेपालका गाउँगाउँमा छिरे र छिर्दैछन् । यसरी नेपालीहरुको आस्था माथि आक्रामक भएका छन् ।
सत्ता भ्रष्ट हुँदा २३२७ बर्ष अगाडिको एउटा उदाहरण प्रस्तुत गर्दैछु । यूनानबाट सिकन्दर आक्रमण गर्ने योजना लिएर भारतबर्षतिर लागेका थिए । त्यसबेलामा सिङ्गो भारतखण्ड थुप्रै साना–साना राज्यहरुमा विभक्त थियो । सिकन्दरले आफ्नो पहिलो लक्ष्य हिन्दुकुट, गन्धार क्षेत्रको तक्षशिलालाई आक्रमण गर्ने योजना बनाए । त्यसबेला तक्षशिलाका राजा आम्भी थिए । उनले युद्धै नगरी सिकन्दरको अधीनता स्वीकार गरे । राजा आम्भीले सिकन्दरको दासता स्वीकारेपछि यूनानका भोका सैनिकहरुले उत्पात मच्चाउन थाले । माओवादीले नेपालमा संस्कृत विश्वविद्यालयमा आगो लगाएको झैं सिकन्दरले संस्कृतलाई हटाएर तक्षशिला विश्वविद्यालयमा यूनानी भाषा चलाए । तक्षशिलाको विश्वविद्यालयका प्राचार्य त्यसबेला चाणक्य थिए । यूनानी भोका सैनिकहरुले तक्षशिलामा उत्पात मच्चाउन थाले, तक्षशिलाका महिलाहरुलाई मनमौजी गरे, महीलाहरु उनीहरुका बासनाको शिकार बने ।
सिकन्दरको दव्दवा र आफ्नो क्षेत्रको इज्जत् लुटिएको देखेर चाणक्यले भारतबर्षको इज्जत बचाउन पुरुसँग माग गरे । राजा पुरुले सशक्त सैन्य शक्ति खडा गरे । तर पनि उनको हार हुन गयो । तापनि उनले सिकन्दरको दासता स्वीकार गरेनन् । युद्ध हारेका पुरुलाई सिकन्दरले सोधे —‘तपाईसँग म अव कस्तो व्यवहार गरुँ’ वीर पुरुले स्वाभिमानकासाथ भने—‘एउटा राजाले अर्को राजासँग जस्तो ब्यवहार गर्छन् त्यस्तै ।’ सिकन्दरलाई पुरुको स्वभिमानले ठूूलो प्र्रभाव पर्यो । सिकन्दरले पुरुसँग मित्रतापूर्ण व्यबहारगर्दै उनको राज्य वापस् गरी जितेको तक्षशीला तथा अन्य साना राज्यहरु पनि पुरुका राज्यमा गाभी दिए । आफ्नो देशको स्वतन्त्रता र स्वभिमानको रक्षा गर्न त्यहाँका बासिन्दाहरु ज्यानसम्म अर्पण गर्न तत्पर थिए । यस्तो स्थितिमा हिन्दुहरुको आस्था र विश्वास देखी विवश भएर सिकन्दर आफ्नो देश फर्के । यस्तो हुन्छ स्वाभिमान र राज्यको प्रतिष्ठाको कुरा ।
नेपाल जस्तो विश्वको एकमात्र हिन्दुअधिराज्यलाई क्रिस्चियनकरण गर्ने र चीन विखण्डन गराउने अमेरिका र एशीयाका इसाई देशहरुको रणनीति हो । अमेरिकी संसदले मेसनरीहरुलाई विश्वमा धर्मान्तरण गर्ने ठेक्का अमेरिकी कानूनले दिएको छ । संविधानमा उल्लेख नभएता पनि न्यायधीसहरुले अमेरिकालाई इसाई देश मानेका छन् । अमेरिकी राष्ट्रपतिले संविधानको सपथ नलिएर बाइबल समातेर सपथ लिन्छन् । क्रिस्चियन मात्र अमेरिकाको राष्ट्रपति हुन पाउँछन् । अमेरिकाले आफूलाई जति नैं प्रजातन्त्रवादी र मानव अधिकारको वखान गरेता पनि उ एक अप्रजातान्त्रिक र असहिष्णु राष्ट्रको रुपमा चिनिदैछ ।
संयुक्त राष्ट्र संघको निर्माण पनि चर्चको दबाबबाट भएको हो । त्यसैले संयुक्त राष्ट्रसंघ क्रिस्चियनको दबाबमा स्थापित भएको अन्तराष्ट्रिय संस्था हो । नेपालमा शान्तिस्थापनामा सहयोग पुर्याउन संयुक्त राष्ट्र संघले नेपाललाई इसाईकरण गर्न हर उपाय गरिरहेको छ । माओवादीभित्र अधिकांश क्रिस्चियनहरु भएकाले माओवादी मार्फत नैं नेपाललाई क्रिस्चियनकरण गराएर नेपालको अस्तित्व साप्त गराउनमा विदेशीहरु लागेका छन् । यसको लागि विदेशीहरुले अबौं रकम खर्च गरिसकेका छन् । धर्मनिरपेक्षताको नाममा जातीय संघीयताको राष्ट्रघाती बिउ रोपेर नेपाललाई क्रिस्चियनकरण गरेर यहाँका माओवादीलाई प्रयोग गरेर नैं ध्वस्त बनाउनमा संविधानसभाको माध्यम अपनाइएको थियो ।
गोरखापत्रले २०६९ कार्तिक ५ गतेको आफ्नो सम्पादकीयमा लेखेकोछ– ‘नेपालको राजनिितकदेखि गैरसरकारी क्षेत्रसम्म क्रिस्चियनहरुको प्रभाव बढिरहेको, यूरोपियन तथा अमेरिकालगायतका मुलुकले नेपालको भौतिक विकास तथा प्रजातान्त्रिकका लागि सहयोग गर्दैआएका छन् । धर्म लेनदेनको बिषय बन्यो, बनाइयो भने देशको छविमा आघात पुग्छ । धर्म ब्यापार होइन, हुन सक्तैन ।’ त्यस्तै ४ कार्तिकको गारेखापत्रको समाचारमा उल्लेख छ–‘रुपेन्देहीको मधुवलीयामा नेपाल अविनास आश्रमा धर्मपरिवर्तन गरे मात्र आर्थिक सहयोग गर्ने’ भन्ने कुरा आयो । नेपालका संवेदनशीलता माथि कति आक्रमण गरिदैछ ।
यस्तो अवस्थामा हामी नेपालीहरुले आफ्नो गाउँ, टोल, छिमेकमा इसाईहरुको त्यस्ता कुनै कार्य, प्रचार आदि गरिएको पत्ता भएमा वा त्यस्ता घरवालालाई संझाइबुझाई घरभाडामा चर्च राख्न नदिने भन्ने र नमानेमा सामाजिक कारवाहीमा उत्रने । २०६३ सालपछि बीना संझौत बनेका सम्पूर्ण चर्चहरु भत्काइदिने समेत कार्य गरिनुपर्दछ । यसो नगरेमा हामीले आफ्नोपन सबै गुमाउनु पर्नेछ । त्यसैले हामी हिन्दु तथा बौद्धहरुले विश्वब्यापीरुपमा क्रिस्चियनहरुको षडयन्त्रबाट बचेर क्रिस्चियनरुपी साम्राज्यलाई नेपालबाट लखेट्न सकेनौं भने हामी नेपालीहरुले भविष्यमा रगतका आँसु बगाएर शरणार्थी सरह्र रोएर बस्नुपर्ने अवस्था आउने छ । तर त्यस्तो दिन नआओस् । हामी नेपालीहरुले विदेशी र उनीहरुका षडयन्त्र परास्तगर्दै नेपालको अस्मिता र अस्तित्व बचाएर अगाडि बढ्न राजाको राज्यरोहण गराए देशद्रोहीहरुको बिरुद्ध देशको अस्मिता बचाउन अव हामी सम्पूर्ण देशभक्तहरु समर्पित बनौं ।















प्रतिक्रिया