१२ कार्तिक २०८३, बिहिबार

नेपालमा घोडा, गधा र खच्चरको पनि मासु भित्रिन थाल्यो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

horsemeatकाठमाडौं, २३ कात्तिक । नेपालमा घोडा र गधाको मासु आयात हुँदै आएको छ । पछिल्लो केही वर्षदेखि नेपालमा घोडा र गधासँगै खच्चरको मासु आयत हुन थालेको हो ।

नेपालमा मुख्य गरी चीन, बेलायत र फ्रान्सबाट यस्ता जनावरको मासु आयात हुँदै आएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

राँगा, खसी, भेडा, कुखुरा, सुँगुर र बंगुरबाहेक गिनी, थिज, डल्फिनको मासु पनि आयात हुन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२–७३मा फ्रान्सबाट तीन लाख ९६ हजार आठ सय ६९ मूल्य बराबरको १ सय ३५ किलो घोडा, गधा र खच्चरको मासु आयात भएको थियो ।

यस्तै अघिल्लो वर्षमा बेलायतबाट तीन हजार नौ सय ६७ मूल्यबराबरको ६ किलो यस्ता मासु आयात भएको थियो । यसैगरी आर्थिक वर्ष २०६८–६९ मा चीनबाट २ हजार ९ सय २५ मूल्य बराबरको घोडा, गधा र खच्चडको २५ किलो मासु आयात भएको थियो ।

नेपालमा आयत हुने यस्ता मासु पाँचतारे होटल, ठूला रेष्टुरेन्ट, कुटनीतिक नियोग र विभिन्न मुलुकबाट पार्यटकका रुपमा आउने पाहुनाले उपभोग गर्दै आएका छन् ।