१ कार्तिक २०८३, आइतबार

चीनले एनएसजीमा भारतलाई फेरि रोक्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-xi

काठमाडौं, २२ कात्तिक । चीनले न्यूक्लियर सप्लायर्स ग्रुप (एनएसजी)मा भारतलाई फेरि रोकेको छ ।

चीनले यसबारेमा आफ्नो नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट पारेको छ । चीनले स्पष्टसँग भनेको छ– ‘या त भारतले परमाणु अप्रसार सन्धी (एनपिटी) मा हस्ताक्षर गर्नुपर्छ वा फेरि गैर एनपिटी सदस्य राष्ट्रको प्रवेशमा जबसम्म आम चाँसो बन्दैन् तब सम्म हामी समर्थन गर्न सक्दैनौं ।’

एनएसजीको सदस्य बन्न इच्छुक राष्ट्रले अनिवार्यरुपमा एनपिटीमा हस्ताक्षर गर्नुपर्ने प्रावधान छ । तर, भारतले सिधै एनएसजीको सदस्य बन्न खोजेपछि चीनले भिटो प्रयोग गरी रोक्दै आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको एनएसजीमा प्रवेशका लागि आगामी ११–१२ नोभेम्बरमा भियतनाममा एक बैठक बस्दैछ । यसको पूर्वसन्ध्यामा चिनियाँ विदेश मन्त्रालयले चीन सरकारको स्पष्ट धारणा सार्वजनिक गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लू कांगले प्रेस कन्फ्रेन्समा बोल्दै यो हप्ताको शुक्रबार भियतनाममा एनएसजी सदस्य राष्ट्रहरुको बैठक बस्दैछ त्यो बेलासम्म हाम्रो नीतिमा कुनै परिवर्तन नआउने बताए ।

एनएसजी सदस्यमा चीनलाई मनाउन भारतले धेरैपटक चिनियाँ सुरक्षा अधिकारीसँग छलफल गरिसकेको छ । तरपनि चीन आफ्नो निर्णयमा अडिग छ ।