१९ कार्तिक २०८३, बिहिबार

सोनकुमारीको उपचारमा सभामुख घर्तीद्धारा सहयोग, उपराष्ट्रपतिका छोराको चासो

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkumari-news-7

– नरेश केसी

भैरहवा, २२ कात्तिक । आर्थिक अभावका कारण मृत्यु कुरिरहेकी रोल्पा थबाङ्ग ८ की सुनकुमारी नेपालीको उपचारको लागि सभामुख ओनसरी घर्तीले समेत आर्थिक सहयोग उपलब्ध गराएकी छिन् ।

घर्ती गृहजिल्ला रोल्पाको एक कार्यक्रममा सहभागी भएर रुपन्देही हुदै काठमाण्डौँ फर्किने क्रममा मिडियामा सुनकुमारीको विषयमा प्रकाशित समाचारबारे जानकारी पाएपछि उनले सुनकुमारीको उपचारमा आर्थिक सहयोग गरेकी हुन् ।

उनले एमाओवादीका रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खाँमार्फत दश हजार रुपैयाँ अस्पतालमा कुरुवा बसेकी १३ बर्षीया नाबालिक छोरी विनिता नेपालीलाई दिएको एमाओवादीका पोलिटब्युरो सदस्य माधव शर्माले बताए ।

साथै सभामुख घर्तीले कुनै समस्या परेमा आफुलाई तत्काल सम्पर्क गर्न भनी आफ्नो मोबाइल नम्बर समेत कुरुवा बसेकी छोरी विनितालाई चिटमा लेखेर पठाएकी छिन् ।

सभामुख घर्ति माडीचौरकी हुन् भने सुनकुमारी थबांगकी हुन् । सभामुख घर्तिको छिमेकी गाऊकी महिला आर्थिक अभावको कारण मृत्यु र जीवनको दोंसाधमा भन्ने समाचार आएपछि उनले चासो राख्दै सहयोग गर्न आएकी हुन् ।

उपराष्ट्रपतिका छोराद्धारा चासो ब्यक्त

सुनकुमारी उपचारको विषयमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले पनि चासो राख्दै विरामी उपचारका लागि सहयोगमा खटिएको लुम्बिनी प्रेस क्लबका कार्य समिती सदस्य तथा अनलाइनखबरकर्मी सलमान खानसँग टेलिफोन संवाद गरेका गरेका छन् । उनले सुनकुमारीको उपचारमा लाग्ने खर्च, स्वास्थ्य अवस्था लगायत विषयमा बुझेका थिए ।

साथै उनले सुनकुमारीको उपचारमा कुनै कमि हुन नदिन र उपचारका लागि आफुहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउदैं आफ्नो फेसबुक वालमा सुनकुमारीलाई रु २० हजार तत्काल सहयोग गर्ने र सो कार्यमा सबै जिल्लाबासीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

सहयोगी हात बढ्दै

सुनकुमारीको विषयमा मिडीयामा समाचार प्रकाशित भएपछि उनको उपचारको लागि मानविय सम्वेदना देखाउँदै विभिन्न संघसंस्था, सर्वसाधरणहरुले पनि सहयोगी हात अगाडी बढाएका छन् ।

सुनकुमारीको उपचारको लागि लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेश पछाईले १० हजार, सिद्धार्थ यातायात बस व्यवसायी समितीका अध्यक्ष सुर्यकुमार सारु मागरले १५ हजार, काठमण्डौँ ब्रम्हमार्ग टेकुका राम गोविन्द रञ्जितकारले ५ हजार, सिद्धार्थ यातायात बस व्यवसायी समितीका पुर्व अध्यक्ष सञ्जिव रोक्काले ५ हजार रुपैयाँ, लायन्स क्लब आफ सिद्धार्थनगरका अध्यक्ष विनोद खरेलले ५ हजार, सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव नेत्र आचार्यले ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

उपचार क्लबको जिम्मा

युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा आर्थिक अभाव झेलिरहेकी अवस्थामा उपचार भइरहेको सुनकुमारी नेपालीको सम्पुर्ण उपचारको जिम्मा भैरहवामा क्रियासिल पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबले लिएपछि उनको उपचार तिव्र रुपमा भइरहेको छ ।

अस्पतालका प्रमुख प्रशासकिय अधिकृत अजय कुमार पिएसले न्युरो विशेषज्ञ डा. डम्बर शाहको नेतृत्वमा विशेषज्ञ टोली खटाएका छन् । हिजो सम्म न्युरोको जनरल वार्डमा आर्थिक अभावका कारण सुस्त गतिमा उपचार भइरहेको सुनकुमारी अहिले आइसियुमा राखेर उपचार भइरहेको छ । आमाको उपचार राम्रो संग हुन थालेपछि १३ वर्षिय छोरी पनि अहिले खुसी देखिएकी छन् ।