१९ कार्तिक २०८३, बिहिबार

मैले कुनै पनि युवतीलाई अभद्र व्यवहार गरेको छैन : किरण बुढाथोकी

10.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किरण बुढाथोकी
किरण बुढाथोकी

काठमाडौं, २२ कात्तिक । दाङको देउखुरीस्थित लमही बजार निवासी किरण बुढाथोकीले दैनिक नेपाल डटकममा आफ्ना बारेमा सम्प्रेषण समाचारको खण्डन गरेका छन् ।

बुढाथोकीले दैनिक नेपाल डटकममा फोन सम्पर्क गरेर आफू विरुद्ध आएको समाचारमा कुनै सत्यता नहरेको बताएका हुन् । ‘मेरो विरुद्ध जसरी समाचार आएको छ त्यसमा कुनै सत्यता छैन । मैले कुनै युवतीलाई अभद्र व्यवहार गरेको छैन’, बुढाथोकीले दाबी गर्दै भनेका छन्, ‘तपाईहरूको अनलाइनमा समाचार आइपछि म सच्चिकै अपराधि सरह बनेको छु । दोषी जस्तो ठहरिएको छु । मलाई अन्याय भयो ।’

नेपाली कांग्रेसका स्थानीय नेता कर्णबहादुर बुढाथोकीका छोरा किरणले भने, ‘तपाईहरू समाचारमा भने जस्तो कुनै पनि घटना भएको छैन ।

मेरो चरित्र हत्या गर्न सत्रुतापूर्ण व्यवहार गर्ने केही व्यक्तिले यस्तो समाचार लेखाएका हुन् ।’ उनले समाचारमा भनिए जस्तो कुनै पनि युवतीको संवेदनशील अंगमा नछोएको दाबी गरेका छन् ।

‘युवतीलाई अभद्र व्यवहार गरेको भए प्रहरीले छाडे पनि मलाई स्थानीय समाजले कदापि छाड्ने थिएन’, उनले समाचारको खण्डनमा भनेका छन्, ‘म सामान्य व्यक्ति हुँ । समाचारले मलाई अत्यन्तै मानसिक पीडा दिएको छ ।’

किरण बुढाथोकीले समाचारमा आरोप लगाइए जस्तो काठ तस्करी गर्ने कुनै पनि कार्य नगरेको भन्दै आफ्नो भाइलाई सन्तोष बुढाथोकीलाई मुछिएकोमा पनि असन्तुष्टि जनाएका छन् । ‘मेरो भाइ सन्तोष साधारण व्यक्ति हो’, उनले भनेका छन्, ‘मलाई र भाइलाई जसरी मुछिएको छ । त्यसमा सत्यता छैन ।’