भैरहवा, २२ कात्तिक । सर्वसाधारण उपभोक्ता ठग्नेलाई तत्काल जेल हाल्न कानुनवीदहरुले आग्रह गरेका छन् ।
उपभोक्ता मन्च रुपन्देहीले सोमबार विहान भैरहवामा राखेको वर्तमान संविधानमा उपभोक्ता अधिकार एवं कार्यन्वयनको चुनौति विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानुनविद दिनेश त्रिपाठीले कानुनी छिद्रता पैल्याउदै उद्योगी व्यापारीहरु उपभोक्ताप्रति गैर जिम्मेवार बनिरहेको तर्क गरे । अधिवक्ता त्रिपाठीले विगतका संविधान भन्दा अहिलेको संविधानमा उपभोक्ताको अधिकारलाई मौलिक अधिकारको रुपमा उल्लेख गरिएता पनि कार्यन्वयनको पाटो भने चूनौतिपुर्ण भएको बताए । उनले अगाडी भने “विश्वमै उपभोक्ता हितको बारेमा मौलिक अधिकारलाई स्थापीत गरिएको संविधान नेपालको पहिलो हो तर पनि हाम्रा उपभोक्तामा सचेतना नहुदां उपभोक्ता अधिकार कुष्ठित भईरहेको छ ।”
कानुनवीद त्रिपाठीले उपभोक्ता भनेका राजा भएको तर्क गर्दै कसैले पनि उपभोक्ता ठग्ने मनसायले उद्योग व्यापार तथा सेवा दिन्छ भने त्यसलाई तत्काल जेल हाल्नुपर्नेमा जोड दिए । “उपभोक्ता ठग्नेलाइ तत्काल जेल हाल्नुपर्छ नकि बहस र पैरबी गदै दशर्कौ विताउने हो ।” त्रिपाठीले ग्यास कम्पनिको उदाहरण दिदै भने “उपभोक्ताले पसीना बगाएर बल्लतल्ल एउटा सिलीन्डर ग्यास किन्छ त्यो पनि पड्किन्छ । त्यहि ग्यास सिलीन्डरको कारण उसको श्रीसम्पती मात्रै होइन मानवीय क्ष्ँति समेत हुन्छ तर त्यस्तो गुणस्तरहिन पड्किने ग्यास उत्पादन गरेर जनता मार्दा सम्म पनि राज्यले त्यस्ता नाफाखोर व्यवसायी उद्योगीलाई केही गर्न सक्दैन ।”
एक अर्को प्रसंगमा त्रिपाठीले नेपालका न्याधिसहरु न्याधिस नभएर फैसलाधिस मात्रै भएको पनि तर्क गरेका छन् । उनले न्यायलयको फैसला प्रक्रियालाई उदाहरण सहित बेलिविस्तार लगाउदैं भने “एउटा सामन्य मुद्धा फैसला हुन दशकौं लाग्ने यो मुलुकमा सर्वसाधरण जनताले कसरी न्याय पाउंछन् ? त्रिपाठीले न्याधिसहरु निवेदनको प्रक्रिया र फैसलाको प्रक्रियामा मात्रै केन्द्रित हुने गरेको आरोप लगाउदैं जबसम्म न्याधिसहरु फैसलाधीसबाट न्याधिसमा परिणतः हुदैनन तब सम्म सर्वसाधरणले उचीत न्याय नपाउने पनि दाबी गरे ।
सोही कार्यक्रममा रुपन्देही जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष मोहन देउजा क्षेत्रीले वर्तमान संविधानको धारा ४४ मा उपभोक्ताको अधिकारलाई प्रत्योजीत गरिएको जनाउदैं सबै जनताले सचेतता पुर्वक यसको कार्यन्वयनकोलागी दबाब सृजना गर्नुपर्नेमा जोड दिए । मन्चका सल्लाहकार तथा करातें खेलाडी भरत बहादुर के.सींले जनता जागेमा सबै कुरा पुरा हुने तर्क गर्दै आम सर्वसाधरणले अब उपभोक्ता अधिकार स्थापीत गर्नकोलागी एक पटक एकजुट भई लाग्नुपर्नेमा जोड दिए । उद्योगी सन्तराम चौधरीले राज्यले नै उपभोक्ता हितकोलागी विशेष कदम चाल्नुपर्ने तर्क गर्दै उद्योगी व्यवसायीहरुकोलागी उपभोक्ता देउता समान भएकोले उनीहरुको सन्तुष्टिलाई ध्यानमा राखी उत्पादन र व्यपार गर्न तर्फ लाग्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रेस क्लबका महासचिव नरेश केसीले पत्रकारहरुले उपभोक्ताको सचेतताकोलागी सधैं एक कदम अगाडी बढेर कलम चलाएता पनि उद्योगी व्यवसायीको नियत ठीक नभएसम्म आम उपभोक्ता ठगीरहने तर्क गर्दै तत्काल उपभोक्ता अदालत स्थापना गरी कार्यन्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।
अधिवक्ता तारा आचार्यले उपभोक्ता सजग भएमा ठगीने सम्भावना अत्यन्तै न्यून हुने हुदां चेतना जगाउनुपर्ने तर्क गरे ।मन्चका सचिव रमेश शर्माको सन्चालन तथा सदस्य भगवति भण्डारीको स्वातमा सम्पन्न उक्त कार्यक्रममा मन्चका अध्यक्ष लक्ष्मण बैदवारले उपभोक्ता हितकोलागी यस अगाडीका विद्यमान नियम कानुन जस्तो उपभोक्ता हित संरक्षण ऐन २०५४, नियमावली २०५६ र पछि शंसोधीत विनियमहरु प्रायाप्त रुपमा व्यवहारमा लागु हुन नसक्दा आम उपभोक्ताले न्याय नपाएको बताए । अध्यक्ष बैदवारले उपभोक्ता मन्च रुपन्देही शाखाले जिल्लाको सबै क्षेत्रमा उपभोक्तालाई लक्षित गरी विद्यमान संविधानमा भएको उपभोक्ता अधिकारको बारेमा जानकारी गराउने र आम उपभोक्तालाई तत्काल कम्प्लेन गर्ने बानिको विकास गर्ने तर्फ अभिप्रेरीत गर्ने प्रतिबद्धता जनाए । जिल्ला बारको सभाहलमा भएको उक्त कार्यक्रमा पत्रकार, अधिवक्ताहरु, उद्यमी तथा विभिन्न क्षेत्र र संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।













प्रतिक्रिया