वाशिंगटन डिसी । नेपाः पासा पुच अमेरिकाएको रजत जयन्ति समारोहमा मह जोडीको प्रस्तुतिसंगै रजत जयन्ति ऐतिहासिक सफलता पूर्वक सम्पन्न भएको छ ।
नोवेम्बर ४ र ५ तारिख बिबिध अद्वितीय कार्यक्रमहरु प्रस्तुत गर्दै संस्था २५ वर्ष पुगेको उपलक्ष्यमा मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्यलाई अमेरिका झिकाएर कार्यक्रम गरिएको हो ।
कार्यक्रम दुई दिनसम्म चलेको थियो । मह जोडीको बिशेष कार्यक्रमको लागि डीसी महानगर क्षेत्रका नेपाली समुदायले कलाकारलाई देखाएको हौशला तथा सहभागिता उत्साहजनक रहेको थियो ।
पहिलो दिन म्ह पूजा त्यतिकै ऐतिहासिक रहन पुगेको थियो भने दोश्रो दिन गणेश पूजा, औपचारिक कार्यक्रम तथा अन्तिम भब्य सांस्कृतिक कार्यक्रम गर्दै रजत जयन्ति सम्पन्न भएको छ ।
मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंगको बिद्यालयमा आयोजित कार्यक्रममा राप्रपा नेपालका सांसद सुशील श्रेष्ठ लगायत अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की, मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य महाबाणिज्यदूत प्रेम राजा महत, सयुक्त राष्ट्र संघ युवा सम्मेलनका सभापति जोली अमात्य, डब्लु एनओका अध्यक्ष सिजन श्रेष्ठ तथा क्यालिफोर्निया स्टेट बिश्व बिद्यालयका संस्थापक अध्यक्ष राम मालाकारले शुभकामना सहित मन्तब्य राखेका थिए ।
















प्रतिक्रिया