– रबिना बोहरा
बागलुङ, २१ कात्तिक । बागलुङ नगरपालिका वडा नम्बर–२ श्रीनगरटोलको एक होलसेल पसलबाट म्याद नाघिएका पेय पदार्थमा केमिकलको प्रयोग गरी म्याद हटाइने गरिएको पाईएको छ ।
पेप्सी संगै अन्य पेय पदार्थको होलसेल विक्रेता अनुस्का ट्रेडर्सले एक महिना बढि म्याद नाघेका पेय पदार्थको कारोबार गर्दै आएको पाईएको उपभोक्ता मञ्च बागलुङले जनाएको छ । बजारमा उपभोक्ताहरुको गुनासो आएपछि उपभोक्ता मञ्च, नेपाल प्रहरी तथा पत्रकारको रोहबरमा म्याद नाघेका पिय पदार्थ बरामद गरिएको हो । ५४ प्याकेट पिय पदार्थ तथा २४ वटा बोरामा रहेका झण्डै २ हजार बोतलमा लेबल मेटी प्याकिङ मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
एस.जी स्टार ड्रिङस नामक निजि कम्पनीले उत्पादन गर्दै आइरहेको पेय पदार्थमा भएको लेवल केमिकलले मेटेको आरोप लगाएको छ । उपभोक्ता हित विपरितको उक्त पेय पदार्थ अयोग्य ठहरिएपछि अनुगमनका लागि गएको टोलीले उक्त पसलमा ताला लगाएर अनुसन्धान गरिरहेको बताइएको छ । ‘थम्स’ नामक पिय पदार्थमा सिलबन्दी गरी अनुस्का टे«डर्सका प्रोपाईटर घनश्याम आचार्यलाई जिम्मा लगाइएको छ ।
नमुनाका लागि एक बोरा प्याकिङ पेय पदार्थ र मिति मेटाउन प्रयोग गरिएको झोल पदार्थ भने प्रहरीको जिम्मा लगाइएको छ । यसको सोमबार कारबाही प्रक्रिया अगाडी बढाउने मञ्चका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यता पेय पदार्थ विक्रेता घनश्याम आचार्यले भने सबै पेय पदार्थ फर्काउनका लागि राखिएको ठोकुवा गर्नुभएको छ ।
बजारमा गएका अयोग्य पेय पदार्थ समेत फर्काएर कम्पनीलाई नै पठाउन लागेकाले उपभोक्ताको हित विपरितको कार्य नगरेको आचार्यले बताउनुभएको छ ।













प्रतिक्रिया