१ कार्तिक २०८३, शनिबार

अमेरिकामा मह जोडीले यसरी गरे म्ह पूजा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhan-harikrishna

– विजय थापा

वाशिंगटन डिसी । नेवा: समुदायको स्थापित गैर मुनाफा सामाजिक संस्था नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)द्वारा मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंग को एक बिद्यालयमा आयोजित  म्ह पूजा कार्यक्रममा मह जोडीले आफ्ना परिवार साथ म्ह पूजा गरेका छन् ।

गत नोवेम्बर ४ तारिखमा सम्पन्न उक्त म्ह पूजामा डिसी महानगर क्षेत्रका नेवा समुदाय को साथै अन्य थर तथा जातीका नेपाली समुदायले समेत म्ह पूजा गरेका छन् ।

एनपीपीए को रजत जयन्तको अवसरमा अमेरिका आएका मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )ले आज नोवेम्बर ५ तारिख बिशेष प्रस्तुति गर्ने छन् ।

मदन कृष्ण श्रेष्ठले यस अगाडी पनि अमेरिकामा म्ह पूजा मनाई सकेको भन्दै यसको महत्व बारे जानकारी दिए । यसै गरि हरि बंश आचार्यले अमेरिकामा पहिलो पटक म्ह पूजा गरेको भन्दै आफुले बिगतमा पनि नेपालमा म्ह पूजा गरेको बताए । आचार्य आफ्नी पत्नी रमिला आचार्य संग आएका छन् भने मदन कृष्ण श्रेष्ठ कि छोरि अमेरिकामा रहेकीले उनि पनि आफ्ना पितालाई साथ दिएकी थिइन् ।

कार्यक्रममा संस्थाकी अध्यक्ष सरोज प्रजापतिले सबैलाई स्वागत गरेकी थिइन् भने कार्यक्रमको लागि अमेरिकाका बिभिन्न राज्यहरु बाट यहि कार्यक्रमको लागि आएका थिए ।

म्ह पूजा पछि सांस्कृतिक साँझको पनि आयोजना गरिएको थियो l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी) को देउसी टोलिले सांस्कृतिक कार्यक्रममा देउसी भैलो खेलेको थियो भने यसको नेतृत्व खिलेन्द्र न्यौपानेले गरेका थिए ।

एनईसीसीको देउसी भैलोको समन्वय संचार कर्मी परशु तिमिल्सिनाले गरेका छन् भने नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रले खेलेको देउसी भैलोमा मह जोडीले समेत सहभागिता जनाई देउसी अमेरिकामा पहिलो पटक खेलेका छन् ।