१ कार्तिक २०८३, आइतबार

इराकी फौज मोसुल सहरबाट पछि हट्यो, विद्रोहीद्वारा कडा प्रतिरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mosul

मोसुल (इराक), १९ कात्तिक । इराकी विशेष फौजले शुक्रबार मोसुल सहरमा जिहादी विद्रोहीविरुद्ध सशक्त कारबाही सञ्चालन गरे पनि विद्रोहीले गरेको कडा प्रतिकारपछि सरकारी सेनाका केही टुकडी आंशिकरुपमा पछाडि हटेका छन् ।

शुक्रबार विहानैदेखि शुरु भएको कारबाही केही घण्टा जिहादी विद्रोहीलाई दबाव दिन सफल भएपनि विद्रोहीको सशक्त प्रतिकारपछि इराकी सेनाको विशेष गाडी ‘काउन्टर टेररिज्म सर्भिस’ (सीटीएस) अल कारामाहस्थित सडकबाट पछाडि फर्किन बाध्य भएको एएफपी समाचारदाताले बताएका छन् ।

कारबाहीमा संलग्न एक सैनिक अधिकारीले बताए, “हामीले जिहादी विद्रोहीबाट यति सशक्त रुपमा प्रतिकार हुन्छ भन्ने सोचेका थिएनौँ । उनीहरु (विद्रोही) ले सम्पूर्ण सडकलाई अवरुद्ध पारेकाले शुक्रबार अगाडि बढ्ने अवस्था आएन । ”

“अब हामी नयाँ योजना बनाएर पुनः कारबाही सञ्चालन गर्ने छौँ,” सीटीएसका सुरक्षा अधिकारीले भने ।

अक्टुबर १७ मा व्यापक तयारी साथ बुलडोजर तथा ट्याङ्क गाडी, हवाई आक्रमण सामग्रीसहित मोसुलतर्फ अघि बढेको गाडी शुक्रबार मोसुलभित्र प्रवेश गरेका थिए ।

दुई बर्ष पहिले विद्रोहीले मोसुल सहर कब्जामा लिएपछि त्यहाँबाट बाहिरिएको सीटीएसको ‘मोसुल रेजिमेन्ट’ पहिलो पटक मोसुल क्षेत्रमा प्रवेश गरेको तर विद्रोहीको कडा प्रतिकारपछि आंशिक रुपमा पछाडि हट्न बाध्य भएको सरकारी सेनाका कमान्डर मुन्ताधर सालेमले एएफपीलाई बताउनुभयो ।

मोसुल क्षेत्रमा करिब तीन हजारदेखि पाँच हजारको सङ्ख्यामा विद्रोही लडाकू रहेको सरकारी सेनाको अनुमान छ । मोसुल सहरमा करिब १० लाख मानिस बसोबास गर्छन् ।

इराकको राजधानी बग्दादबाट चार सय किलोमिटर उत्तरमा अवस्थित मोसुल सहर सन् २०१४ को जुनबाट आइएस लडाकू समूहले कब्जामा लिएका थिए । रासस/एएफपी