२८ आश्विन २०८३, बुधबार

फेसबुकले मलाई दुनियामा चिनाउछ भनेर सोचेको पनि थिइन: तरकारीवाली कुशुम श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केबलकारबाट झरेपछि फेरि टेलिफोन गरेँ। नजिकै बेन्चमा उनी आफन्त सँग हातमा ब्याग बोकेर पर्खिरहेकी रहिछन्। यतीकैमा क्यामेर अन गरेँ। मैले हतारमा केही फोटो खिचेँ। उनी मुसुक्क हाँसिन्। लजाए जस्तो गरिन्।

मैले आफ्नो परिचय दिएपछि उनले कुराकानी गर्न केही सहज ठानिन्। ‘छक्क परेकी छु, अरु बेलामा पनि फोटो खिच्थे, म जस्तै थुप्रै युवती तरकारी बोकेर पनि हिँड्थे मेरै फोटो किन यसरी छापियो’, उनले भनिन्। सुरुमा नरमाईलो लागेको बताउँदै अहिले सबैले फोन गर्दै बधाई दिन थालेपछि खुशी लागेको उनले सुनाइन्।

भिडियो हेर्नुस्ः

https://www.youtube.com/watch?v=8vEAVXMFR8Q