१ कार्तिक २०८३, शनिबार

अमेरिकामा यसरि मनाए नेपालीले भाई टिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

usa-tika

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले भाई टिका हर्सौल्लासका मनाई २०७३ सालको चाडपर्व सम्पन्न गरेका छन् ।

अमेरिकामा नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि हुदै गएको अवस्था तथा सपरिवार सहित रहदै आएका राज्य तथा शहरमा नेपाल जस्तै गरि भाई टिका मनाएका छन्।

यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन मंगलबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाए ।

usa-tika-5

अधिकांस नेपालीले भाई टिकाको दिन बिदा लिएर भएता पनि  मध्यान्ह ११ बजेर ५२ मिनेटको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएकोले त्यहि साइत देखि रातिको समय सम्म दिनभर काम बाट फुर्सद निकाली भाइटीका लगाइका छन् ।

अमेरिकामा जन्मेका बालबालिका, पहिलो पुस्ता, बिद्यार्थी, अमेरिका विभिन्न कारण बाट आएका कलाकार, साहित्यकार, पत्रकार, पर्यटक, ब्यबसायी तथा विभिन्न पेसाका नेपाली समुदायले काग तिहार, कुकुर तिहार को साथै भाई टिका समेत मनाएका छन् ।

नेपाल जस्तै सबै सामग्रीहरु नेपाली पसल तथा भारतीय पसलमा समेत उपलब्ध हुनाले दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय अन्य बिधि अनुसार पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर समेत फुटाई नेपाल जस्तै भाई टिका मनाएको समाचार छ ।

दिदीबहिनीहरुले दाजुभाइको यश र ऐश्वर्य, द्रिघयु दिर्घायु कामना समेत गरेका छन् । कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि मंगलबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि तिहार पर्व समाप्त भएको छ ।

अमेरिकामा नेपाल जस्तै प्रसस्त फूलहरु पाइने हुनाले मखमली फूल तथा सयपत्री फूल तथा अन्य फूलमाला आफ्ना दाजुभाईलाई लगाई भाई टिका मनाएका छन्। हरेक घरमा सेल रोटीको साथै आफ्ना दिदिबहिनीलाई दक्षिणा समेत दिएका छन् । यसको साथै लक्ष्मी पुञ्ज देखि नै देउसी भैलो तथा तास तथा कौडा समेत खेली यस बर्षको सम्पूर्ण चाड पर्वलाई बिदा गरेका छन् ।

usa-tika-1 usa-tika-2 usa-tika-3 usa-tika-4