एजेन्सी । तरकारी बेच्ने एक नेपाली युवतीका तस्बिरहरु इन्टरनेटमा भाइरल भएका छन् ।
भारतीय मिडियाहरुले तरकारी बेच्ने युवतीको भारी बोक्दै गरेको तस्बिरसहित समाचार प्रकाशित गरेका छन् । भारतीय पत्रिका हिन्दूले मेहनती र सुन्दरी नेपाली युवती भन्दै समाचार लेखेको छ ।
पहिलो फोटोमा ती युबती वजारमा तरकारी बेच्न बसेकी देखिएकी छन् । अर्कोमा गोरखा र चितवनबीचको झोलुङ्गे पुलमा तरकारी बोकेर हिड्दै छिन् भने तरकारी पसलमा बसेर मोबाइलमा कुरा गर्दै गरेको देखाइएको छ । तर, उनको नाम भने उल्लेख गरिएको छैन ।
फोटोग्राफर रुपचन्द्र महर्जनले उनका केही तस्बिरहरु खिचे र अनलाइनमा सेयर गरिदिए । सेयर गरेको केही मिनेटभित्रै यो आगोसरी फैलियो । उनी अहिले नै एक मिनी सेलिब्रिटी बनिसकेकी छिन् । केही दिन पछि उनले मोडलिङ गरिरहेको तस्बिर देख्दा छक्क पर्नुपर्दैन । उनको यो तस्बिरलाई अहिलेसम्म १० करोडभन्दा बढि मानिसले हेरिसकेका छन् ।
यसअघि एक पाकिस्तानी चिया पसलेको फाटोले यस्तो महत्व पाएको थियो । जसका कारण ती पाकिस्तानी युवालाई मोडलिङको कैयौं अफर आएको बताइन्छ ।


















प्रतिक्रिया