१ कार्तिक २०८३, आइतबार

मोसुल क्षेत्रमा सरकारी फौजद्वारा आइएस विरोधि आक्रमण थप शसक्त पार्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

isमोसुल (इराक), १६ कात्तिक । इराकी सुरक्षा फौजले सोमबार चलाएको इश्लामिक स्टेट (आइएस) जिहादी समुहको आश्रयस्थल मोसुल शहर र वरपरका क्षेत्रमा चलाएको कारवाहीमा सफलताका साथ शहर वरपरका क्षेत्रमा पुगेका छन् ।

संयुक्त राष्ट्रसङ्घले जनाए अनुसार इराकी सहर मोसुलबाट हालैका दिनमा करिब २५० जना सामान्य नागरिकको मृत्यु भएको थियो ।

जेनेभास्थित राष्ट्रसङ्घ कार्यालयका प्रवक्ता रविना सम्दासिनीले जिहादी विद्रोहीले सर्वसाधारणलाई युद्धक्षेत्रमा बसिरहन दबाब दिएको बताउनुभयो । उनीहरूले सर्वसाधारणलाई मानव ढाल बनाउने उद्देश्यका साथ उनीहरूलाई त्यहाँबाट बाहिरिन नदिएको प्रवक्ता सम्दासिनीले बताउनुभयो ।

इस्लामिक स्टेट (आईएस) जिहादी विद्रोहीले उनीहरूसँग विमती जनाउने कैयौँ मानिसको हत्या गरेको पनि स्थानीय सञ्चारमाध्यमले बताएका छन् । आईएस विद्रोहीले इराकी सुरक्षाफैजमा काम गरी अवकाश प्राप्त २४ जनालाई मङ्गलबार र अन्य १९० जनालाई बुधबार घाँटी रेटी हत्या गरेको अधिकारकर्मीले दाबी गरेका छन् ।

त्यसैगरी इराकी अल इजा सैन्य शिविरमा ४२ जना सर्वसाधारणलाई सरकारी पक्षबाट टाउकोमा गोली हानी हत्या गरिएको राष्ट्रसङ्घ कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

यस बाहेक सरकारी फौज मोसुल क्षेत्रमा घेरा हाल्दै अघि बढ्दै गर्दा आईएस समूहले करिब आठ हजार सर्वसाधारणलाई अपहरण गरी आफ्नो कब्जामा लिएको प्रवक्ता साम्दासिनीले बताउनुभयो । – एएफपी