१ कार्तिक २०८३, आइतबार

मलेसियाली प्रधानमन्त्री चीन भ्रमणमा आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysian-pm-aman-najib-razak-1

बेइजिङ, १५ कात्तिक । मलेसियाली प्रधानमन्त्री नजिब रजाक सोमबार चीन भ्रमणका लागि आउदै हुनुहुन्छ ।

उहाँ ३१ आक्टोबरमा चीन आउने र नोभेम्बर ६ सम्म चीनको भ्रमण गर्नुहुने चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चिनियाँ प्रधानमन्त्री लि केकिआगङको आमन्त्रणमा मलेसियाली प्रधानमन्त्री रजाक चीनको मैत्रीपूर्ण भ्रमणमा आउन लाग्नुभएको समाचारमा जनाइएको छ ।

मलेसियाली प्रधानमन्त्रीका हैसियतमा रजाकको यो तेस्रो पटकको चीन भ्रमण हो ।

यसअघि उहाँ सन् २००९ र सन् २०१४ मा चीनको भ्रमणमा आउनुभएको थियो । उहाँले यसअघिका भ्रमण पनि औपचारिक रुपमा नै गर्नुभएको थियो ।

मलेसियाली प्रधानमन्त्री रजाक सन् २००९ देखि निरन्तर रुपमा मलेसियाको प्रधानमन्त्रीका रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँ यसअघि सन् २०१४ मा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले आफ्नो कार्यकालमा चीनसँगको सम्बन्ध सुमधुर बनाउदै आउनुभएको छ ।

यस भ्रमणका क्रममा चीन र मलेसियाका बीचमा विभिन्न साझेदारी र सम्झौता हुने बताइएको छ ।

तर पनि कुन क्षेत्रमा के कस्ता सम्झौता र आयोजनाहरुमा सहमति हुन्छ भन्ने बारेमा भने अहिले नै केही पनि बताइएको छैन । रासस/सिन्ह्वा