
लेगोस, नाइजेरिया । नाइजेरियाको लेगोसमा गैर आबाशिय नेपाली संघको नाइजेरिया राष्ट्रिय समन्वय समितिले हरेक बर्ष झै यस् बर्ष पनि लेगोसको अपापामा देउसी भैलो खेलेर तिहार मनाएको छ ।
संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा आयोजित कार्यक्रमको संयोजन अन्तरराष्ट्रिय समन्वय समितिका सदस्य चिरन्जिबी रोकाले गरेका थिए ।

देउसी भैलोमा संघका सचिब रोशन थापा, विश्वाश पौडेल, गंगासागर श्रेष्ठ, ईन्द्र टण्डन अभिशेक सिंह, बुधराम महतो, मदन बोहरा, मन थापा, अन्जु पौडेल, अर्चना सिंह लगायत सदस्यहरुको सहभागिता थियो ।
उक्त देउसी भैलो कार्यक्रमबाट नेपाली रु सत्तरी हजार संकलन गरिएको र उक्त रकम संघले गर्ने कुनै परोपकारी सामाजिक कार्यमा नेपालमा पठाउने जनाइएको छ ।
















प्रतिक्रिया