२८ आश्विन २०८३, बुधबार

स्टेजमा नक्कली केपी-प्रचण्डः हाँसो थाम्न सकेनन् सक्कली केपी-प्रचण्डले (हेर्नुस् भिडियो)

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिस्नुपानी नेपालका कलाकारले ‘सिस्नुपानी देउसी’मार्फत सामाजिक विकृतिविरुद्ध प्रहार गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रम हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी ओली, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायत धेरै पार्टीका नेताको उपस्थिति थियो । त्यस्तै, राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताव्दी पुरुष सत्यमोहन जोशी, प्रधान सेनापति राजेन्द्र क्षत्री, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती जस्ता सबै पेसा र क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रमको मुख्य आकर्षण हास्य कलाकारद्वय मनोज गजुरेल र सीताराम कट्टेल (धुर्मुस)को प्रस्तुति थियो । उहाँहरुमध्ये गजुरेलले प्रधानमन्त्री दाहालको तथा कट्टेलले पूर्वप्रधानमन्त्री ओलीको स्वरुप धारण गर्नुभएको थियो । उहाँहरुले एक–अर्काबीचको छेडछाड र आरोप प्रत्यारोपले सक्कली दाहाल र ओलीलाई भरपूर मनोरञ्जन दिनसक्नु भएको प्रतीत हुन्थ्यो ।

हेर्नुस् भिडियो: