१ कार्तिक २०८३, आइतबार

इटालीमा ७ दशमलव १ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

italy

काठमाडौं, १४ कात्तिक । इटालीमा आइतबार बिहान ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ संस्था युएसजिएसका अनुसार पेरगुव शहरदेखि ६८ किलोमिट।र पूर्व केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । साथै यो २ दिनमा इटालीमा गएको दोस्रो ठूलो भूकम्प हो ।

भूकम्पको क्षतिबारे विवरण आउन बाँकी रहेपनि भूकम्पको सामान्य झट्का युरोपका अधिकाँश देशमा अनुभव गरिएको बीबीसीले जनाएको छ ।

एक स्थानीय टेलिभिजनले राजधानी रोममा भूकम्पपछि सुतिरहेका मानिसहरु बिउँझिएर सडकमा आएको जनाएको समाचारमा जनाइएको छ ।

यसअघि इटालीमा दुई महिनाअघि गएको भूकम्पमा परी तीन सय जनाको ज्यान गएको थियो ।