१ कार्तिक २०८३, शनिबार

धरहरा निर्माणका लागि यूएईमा देउसी भैलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uae-nepali

– गणेश जोशी

यूएइ । ‘हाम्रो देश हाम्रो गौरब, धरहरा हाम्रो पहिचान’ भन्ने मूल नारासहित यूएईमा धरहरा निर्माणका लागि देउसी भैलो कार्यक्रमको आयोजना गरिएको छ ।

नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च यूएइको आयोजना विहीबारदेखि देउसी भैलो कार्यक्रम सूरू भएको हो ।

दूबैस्थित नेपाली कामदार बस्ने स्थान अबूधाबीको नेपाली दूताबासको कार्यालय रोसल्ला सारजा डेह्रा अजमान लगायतका यहाँका नेपाली पसलहरूमा देउसी भैलो खेलिने देउसी भैलो आयोजकका संयोजक तथा प्रवासी नेपाली मञ्चका पूर्ब अध्यक्ष प्रकाश कोइरालाले बताउनुभयो ।

भूकम्प बाट भत्किएको धरहरा निमार्णको लागी सरकारले चाँसो नदिएको यो अबस्थामा हाम्रो गौरव हाम्रो सान धरहरा निमार्णको लागि हाम्रो अभियान रहेको प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम कडेलले बताउनुभयो ।

देउसी भैलोबाट संकलन गरिएको रकम समापन पछी एक कार्यक्रमको आयोजना गरी सार्बजनिक गरिने संयोजक कोइरालाले जानकारी दिनुभयो ।