एजेन्सी । प्रेमीका लागि टपलेस सेल्फी लिने क्रममा अमेरिकी कलेजकी एक छात्राले चलाउँदै गरेको कार प्रहरी भ्यानसँग ठोक्किएको छ ।
ह्युस्टनबाट १ सय ६० किलोमिटर उत्तरमा पर्ने ब्रायनमा बुधबार कलेजबाट घर फर्किँदै गर्दा छात्रा मिरिण्डा रेडरले चलाएको कार प्रहरी भ्यानमा ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा कोही पनि घाइते भएका छैनन् ।
ब्रायनका प्रहरी अधिकारीले १९ वर्षीय रेडरले सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्नो प्रेमीलाई नग्न फोटो खिचेर पठाइरहेका बेला उक्त दुर्घटना भएको जनाएका छन् । दुर्घटनापछि प्रहरी रेडरको कारमा पुग्दा उनले शरीरको माथिल्लो लुगा नलगाएको पाइएको थियो ।
प्रहरीले ड्राइभिङ गरिरहेका बेला किन लुगा नलगाएको भनेर सोधेपछि उनले रातो बत्ती बलेका बेला स्न्यापच्याटबाट प्रेमीलाई फोटो पठाउनका लागि आफूले सेल्फी खिचेको बताइन् । लगत्तै उनलाई नियन्त्रणमा लिएर प्रहरीले एकदिन हिरासतमा राखेको थियो ।
रेडरलाई बिहीबार दुई हजार डलरको जमानतमा रिहा गरिएको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया