काठमाडौं, १२ कात्तिक । भारतले चीनको चाहनाविपरित धर्म गुरु दलाई लामालाई अरुणाञ्चल प्रदेशको भ्रमणका लागि अनुमति दिएको छ ।
चीन स्वशासित क्षेत्र तिब्बतलाई चीनबाट अलग गराउन धर्मगुरु लामाले गतिविधि गरिरहेको आरोप लगाउँदै आएको चीनले उनमाथि निगरानी राख्दै आएको छ तर, धर्मगुरु लामा चीन सरकारको आरोपको खण्डन गर्दै आफू त्यस अभियानमा नरहेको बताउँदै आएका छन् ।
यसैबीचमा भारतको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले दलाई लामा अरुणाञ्चल प्रदेशको भ्रमणमा जाने र यसका लागि भारतबाट कुनै अवरोध नहुने बताए । उनले दलाई लामा भारतमा जहाँ कही पनि जान सक्ने बताए ।
‘दलाई लामा सम्मानित आध्यात्मिक हस्ती एवं भारतका माननीय अतिथि हुन् । उनी देशको कुनै भागमा भ्रमण गर्न स्वतन्त्र छन्,’ विदेश मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘सत्य यो हो कि अरुणाञ्चल प्रदेशमा बौद्ध धर्मावलम्वीमा ठूलो संख्यामा उक्त अनुयायी छन् जो आर्शिवाद चाहन्छन् । लामा पहिला पनि त्यहाँ गइसकेका छन् । दोस्रो पटक जानु सामान्य कुरा हो ।’
दलाई लामा अरुणाञ्चलका मुख्यमन्त्री पेमा खांडुको निमन्त्रणमा त्यहाँ जान लागेका हुन् । केन्द्र सरकारले यसका लागि अनुमति दिइसकेको छ ।
यसबारे चीनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन् । तर, भारतीय विश्लेषकहरु भन्छन्– चीन दलाई लामा अरुणाञ्चल गएको हेर्न चाहँदैन् । भारतलाई पनि चेतावनी दिनसक्छ ।
















प्रतिक्रिया