काठमाडौं, १२ कात्तिक । चीन र साउदी अरबको विशेष सैन्य बलले आतंकवाद विरोधी पहिलो संयुक्त सैन्य अभ्यास गरेका छन् ।
चिनियाँ पीपुल्स लिबरेशन आर्मीको सरकारी पत्रिकाका अनुसार पश्चिम एसिया तथा छिमेकी मुश्लीम राष्ट्रसँग आफ्नो सुरक्षा सम्पर्क बढाउन चीनको पहलमा पहिलोपटक साउदीसँग संयुक्त सैन्य अभ्यास गरिएको हो ।
चिनियाँ मिडिया भन्छन्– ‘आतंकवाद अन्तर्राष्ट्रिय स्तरमा विस्तार भइसकेको छ र यसमा चिनियाँ कम्पनीहरु र नागरिकहरुका लागि खतरा बढेको छ । यो अवस्थालाई मध्यनजर गर्र्दै चीन सरकार अब पश्चिम एसिया जस्ता क्षेत्र जो आतंकवादको केन्द्र हुनसक्छन् त्यहाँ आफ्नो कुटनीतिक सम्पर्क बढाइरहेको छ ।’
चिनियाँ राष्ट्रपति सी जिनपिंगले यस वर्षको सुरुवातमा साउदी अरबको भ्रमण गरेका थिए र उनको भ्रमणका बेला सुरक्षा सहयोग बढाउने समझदारी भएको थियो ।
चीन र साउदी अरबका विशेष सैन्य बलहरुको संयुक्त सैन्य अभ्यासमा दुबै देशका २५–२५ सैनिकले भाग लिएका थिए । यो अक्टुबर १० देखि दुई सातासम्म चलेको थियो । यसमा आतंकवादसँग जुध्ने र बच्ने तरिकाको अभ्यास गराइएको थियो ।
















प्रतिक्रिया