काठमाडौं, १२ कात्तिक । चीनले भारतमा आफ्नो उत्पादन बहिष्कार हुन थालेपछि विहीबार औपचारिक रुपमै चेतावनी दिएको छ ।
अहिले भारतमा चीनले पाकिस्तानलाई समर्थन गरेको भन्दै भारतीयहरुले चिनियाँ समान बहिस्कार गर्ने नीति बनाएका छन् । भारतीय मिडियादेखि बाबा रामदेवसम्म यो अभियानमा छन् । भारतीय मिडियाका अनुसार यस्तो अभियानको असर, तिहारमा चिनियाँ समानको खरिदमा ४५ प्रतिशत असर पनि देखिएको छ ।
भारतीय नागरिकको यस्तो अभियानलाई लिएर चीनले चेतावनी दिएको हो । चिनियाँ दूतावासले भनेको छ, ‘बहिस्कार अभियान अरु त्रिव पारियो भने यसको असर दुई देशवीचको सम्बन्ध र भविष्यमा हुने लगानीमा पर्नेछ ।’
नयाँ दिल्लीस्थित चिनियाँ दूतावासका प्रवत्ता झी लियाङको विहिवार भने, ‘बहिस्कार अभियानको असर भारत र चीनवी लगानीमा परेको छ । यसबाट द्धिपक्षीय सहयोग पनि प्रभावित भएको छ । ’
लियाङले चिनियाँ समानको बहिस्कार तिहारमा मात्र सीमित छैन । अन्य समानमा पनि देखिन थालेको छ । यसले दीर्धकालनमा चिनियाँ उत्पादनमा असर गर्न सक्छ र भारतीय उपभोक्त पनि यसबाट प्रभावित हुनेछन् ।
प्रवत्ता लियाङले भनेका छन्, ‘विना कुनै विकल्प यस्तो अभियान चलाउदा यसको सवैभन्दा बढी असर भारतलाई नै पर्नेछ ।
भारत–चीन दक्षिण एसियमा सवैभन्दा ठूला व्यपार साझेदारी छ । दुई देशका वीचमा सन २०१५ मा ७१ अरव डलरको कारोवार भएको थियो । जसमा भारतको ५० अरव डलरको व्यपार घाटा थियो ।
















प्रतिक्रिया