१ कार्तिक २०८३, आइतबार

पाकिस्तानले भारतीय कुटनीतिज्ञलाई देश निकाला गर्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-nawaz-sharif

काठमाडौं, १२ कात्तिक । भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिदैं गएको छ । एकअर्काबीच कुटनीति सम्बन्ध चिसिदै गएपछि तनाव झन बढेको छ ।

दुबै मुलुकले एकअर्काको एक–एक कर्मचारीलाई देश निकाला गरेका छन् । हिजो भारतले पाकिस्तानी उच्चयोगका एक कर्मचारीलाई २९ अक्टोबरसम्ममा भारत छाड्न आदेश दिएको थियो । लगत्तै पाकिस्तानले पनि इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश निकाला गरेको छ ।

पाकिस्तानी विदेशसचिव निसार अहमद चौधरीका अनुसार यसबारे भारतीय राजदूतलाई सूचित गरिएको बीबीसीले लेखेको छ । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार भारतीय उच्चायोगका सदस्य सुरजित सिंहलाई पाकिस्तानबाट निकाला गरिएको हो ।

यसअघि भारतले पाकिस्तानी उच्चयोगका कर्मचारी महमुद अख्तरलाई देश निकालाको आदेश दिएको थियो ।