१ कार्तिक २०८३, आइतबार

पाकिस्तानी ‘जासुस’ दिल्लीमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-and-pakistan-flag

काठमाडौं, ११ कात्तिक । भारतीय प्रहरीले पाकिस्तानी उच्चायोगका एक कर्मचारीलाई जासुसीको आरोपमा पक्राउ गरेको छ ।

दिल्ली पुलिसको अपराध शाखाले महमुद अख्तर नामका कर्मचारीलाई सुरक्षा मामिला सम्बन्धी केही दस्ताबेजसहित हिरासतमा लिएको र सोधपुछका लागि चाणक्यपुरीस्थित कार्यालयमा लगिएको भारतीय समाचार एजेन्सी पिटीआईले जनाएको छ ।

उनीमाथि जासुसी गरेको र सुरक्षासँग सम्बन्धित सूचनाहरु चुहाएको आरोप लगाइएको छ ।

यद्यपी पाकिस्तानको उच्चायुक्तले यसको पुष्टि गरेको छैन । पाकिस्तान उच्चायोगका एक अधिकारीले बीबीसीसँग कुरा गर्दै यसबारे जानकारी नभएको र बुझ्ने क्रम जारी रहेको बताएका छन् ।

यसअघि भारतले पाकिस्तानी उच्चायुक्त अब्दुल बाशितलाई पनि यसरी नै पक्राउ गरी फिर्ता पठाएको थियो ।